• :
  • :
    • On Air
    • Mithilanchal Dallan(Repeated)
    • Up Next
    • Mithilanchal News

राष्ट्रिय समाचार

  • अपराध गरेर भागेका अभियुक्तको पासपोर्ट रद्द हुने

    भाद्र २९ गते, काठमाडौँ । अपराध गरेर विदेसिएकालाई स्वदेश फिर्ता ल्याउन  नेपाल प्रहरीले उनीहरुको राहदानी नै रद्द गर्ने प्रक्रिया अघि बढाएको खबर आजको कारोबारमा छ ।   अदालतबाट दोषी ठहरिएका, पुर्पक्षको आदेश दिइएका र अनुसन्धानका क्रममै भागेका अपराधीलाई नेपाल फिर्ता गर्न परराष्ट्र मन्त्रालय

  • नक्कली भ्याट बिलमा नौ जनाविरुद्ध १९ करोडको मुद्दा दायर

    भाद्र, २९ गते वीरगञ्ज । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा नौ जनाविरुद्ध १९ करोड रुपैयाँको मुद्दा दायर गरेको छ ।   विभागले दुई दिनअघि नक्कली भ्याट बिल कारोबारीविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । नक्कली भ्याट बिल प्रकरणमा दायर

  • आचारसंहिता उल्लंघन गर्दै ९ सचिव र १२ सहसचिव चीन भ्रमणमा

    भाद्र, २९ गते काठमाडौँ । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सरकारका ९ सचिव र १२ सहसचिव एकैपटक चीन भ्रमणमा निस्केका छन् ।    सचिव र सहसचिवको टोली १३ दिने भ्रमणका लागि सोमबार चीन गएको हो ।    ती सरकारी अधिकारी निर्वाचन आयोगको सहमति लिएर भ्रमणमा गएका

  • निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता निधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

    मिथिलाञ्चल समाचारदाता भाद्र, २९ गते जनकपुरधाम । निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै अयोगले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका निधिलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगका अनुसार भदौ २५ गते

  • केपी ओली किन झरेनन् मधेस ? मधेसको जिम्मा माधव नेपाल र ईश्वर पोखरेललाई !

    केपी ओली किन झरेनन् मधेस ? मधेसको जिम्मा माधव नेपाल र ईश्वर पोखरेललाई !

    भाद्र २८ गते, काठमाडौँ । प्रदेश नम्बर २ को चुनावी अभियानमा सहभागी हुन एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित सबै शीर्ष नेता मधेस झर्ने निर्णय पार्टीले गरेको थियो । तर, चुनावी अभियान मन्तध्यारमा पुग्दा पनि अध्यक्ष ओली काठमाडौंमै छन् ।   ओली मधेस किन

  • प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गर्न तराईका जिल्ला आउने

    प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गर्न तराईका जिल्ला आउने

    मिथिलाञ्चल समाचारदाता भाद्र २६ गते, जनकपुरधाम ।  प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न मंगलबारदेखि प्रदेश नम्बर २ का जिल्लामा जानुहुने भएको छ । नेपाली कांग्रेसक सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवा सोमबार काठमाडौंबाट वीराटनगर हुँदै प्रदेश नम्बर २ का जिल्ला जाने र

  • प्रत्यक्ष निर्वाचित कार्यकारीको माग गर्दै माइतीघरमा प्रदर्शन

    प्रत्यक्ष निर्वाचित कार्यकारीको माग गर्दै माइतीघरमा प्रदर्शन

    मिथिलाञ्चल समाचारदाता भाद्र २६ गते, काठमाडौँ  । प्रत्यक्ष कार्यकारी प्रमुखको शासन व्यवस्था माग गर्दै नयाँ शक्ति नेपालले आज काठमाडौंमा प्रदर्शन गरेको छ ।   प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाका लागि डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले आवाज उठाउँदै आएको छ । त्यस्तै नयाँ शक्तिले

  • संघीय संसदको चुनाव चितवनबाट लड्ने प्रचण्डको घोषणा

    संघीय संसदको चुनाव चितवनबाट लड्ने प्रचण्डको घोषणा

    मिथिलाञ्चल समाचारदाता भाद्र २३ गते,काठमाडौं । । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न संघीय संसदको चुनाव चितवनबाट लड्ने घोषणा गरेका छन् । प्रचण्डले चितवनको कुन क्षेत्रबाट लड्ने तय हुन बाँकी रहेको बताए । प्रेस सेन्टरले शुक्रबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले

  • राष्ट्रपति र उपराष्ट्रपतिको तलबमा सांसदहरुको आपत्ति

    मिथिलाञ्चल समाचारदाता भाद्र २३ गते,काठमाडौं । सांसदहरुले राष्ट्रपति र उपराष्ट्रपतिलाई खर्च अनुसार पारिश्रमिक दिने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। सांसदहरुले राष्ट्रपति र उपराष्ट्रपतिको मासिक पारिश्रमिक तोकिएकोमा पनि असन्तुष्टि जनाएका छन्। व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको शुक्रबारको बैठकमा ‘राष्ट्रपति र

  • प्रदेश २ मा राजपाले ९० सिट जित्छ : महासचिव झा

    प्रदेश २ मा राजपाले ९० सिट जित्छ : महासचिव झा

    मिथिलाञ्चल समाचारदाता भाद्र २० गते, काठमाडौं ।  राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले प्रदेश २ को चुनावमा आफ्नो पार्टीले ९० सिट जित्ने दाबी गरेका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा झाले पार्टीले लगभग सबै उम्मेदवारको टुंगो लगाएको समेत जानकारी दिए । उनले भने,

  • लोहनी राप्रपाको एजेण्डा– प्रत्यक्ष निर्वा्चित प्रधानमन्त्री, राष्ट्राध्यक्षमा राजसंस्था

    लोहनी राप्रपाको एजेण्डा– प्रत्यक्ष निर्वा्चित प्रधानमन्त्री, राष्ट्राध्यक्षमा राजसंस्था

    मिथिलाञ्चल समाचारदाता भाद्र २० गते, जनकपुरधाम । वर्तमान राजनीतिक अस्थिरताको अन्त्य गर्नको लागि प्रत्यक्ष प्रधानमन्त्री चुनिनुपर्ने पक्षमा रहेको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी ९राष्ट्रबादी०ले राष्ट्रध्यक्षको रुपमा राजसंस्था हुनुपर्ने माग गरेको छ ।   रिपोर्टर्स क्लवमा मंगलबार पत्रकार सम्मेलन गरी पार्टीका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले बौद्ध,

  • फास्ट ट्रयाकलाई सेनाले दियो महत्व, समयमै सक्ने दाबी

    फास्ट ट्रयाकलाई सेनाले दियो महत्व, समयमै सक्ने दाबी

    भाद्र २० गते, काठमाडौँ । कहिले भारतलाई त, कहिले नेपाल आफैले बनाउने, अनि कहिले काहीँ त चीनलाई बनाउन दिनुपर्छ भन्ने विवादले रोकिएको काठमाडौं–तराई ९निजगढ० द्रुतमार्गको काम बल्ल अघि बढेको छ । गएको वैशाख २१ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले द्रुतमार्ग

  • मानव बेचबिखन विरुद्धको राष्ट्रिय आज दिवस मनाईंदै

    मानव बेचबिखन विरुद्धको राष्ट्रिय आज दिवस मनाईंदै

    मिथिलाञ्चल समाचारदाता भाद्र २० गते, काठमाडौँ । ‘अबको गन्तव्य, मानव बेचबिखनको अन्त्य’ भन्ने नाराका साथ मंगलबार मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाईंदैछ । सार्कको ११ औँ सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरुद्घको सार्क महासन्धि २००२ लाई तत्कालीन व्यवस्थापिका संसदबाट २०६३ भदौ २०

  • सुनचाँदीको भाउ लगातार आकाशिदैँ

    सुनचाँदीको भाउ लगातार आकाशिदैँ

    मिथिलाञ्चल समाचारदाता भाद्र २० गते, काठमाडौँ । सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको छ । सुनको भाउ तोलाको ५७ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलामा दुई सय रुपैयाँ बढेर तोलाको ५७ हजार हजारमा

  • नागोया अभिसन्धि संसदबाट अनुमोदित

    भाद्र २० गते, काठमाडौँ । व्यवस्थापिका–संसदको सोमबारको बैठकले नागोया अभिसन्धि अनुमोदन गरेको छ । यो अभिसन्धि पारित भएसँगै जैविक विविधता महासन्धिका तीन उद्देश्यमध्ये तेस्रो उद्देश्य आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँड प्राप्त गर्न सहज

  • दुबै हात नभएकी पाइलट जेसिकालाई नेपालमा सम्मान

    दुबै हात नभएकी पाइलट जेसिकालाई नेपालमा सम्मान

    भाद्र १९ गते, काठमाडौँ । जन्मँदै दुई हात नभएकी तर १० हजार फिटमाथि विमान उडाएर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाएकी अमेरिकी नागरिक जेसिका कक्सलाई  सम्मान गरिएको छ ।   आइतबार नयाँ वानेश्वरस्थित नर्थन लाइट एकेडेमी अफ एभिएशन एन्ड टेक्नोलोजी ९नाट० ले

  • नेपाल र भारतका सैनिक संयुक्त अभ्यासमा

    भाद्र १९ गते, काठमाडौँ । नेपाली सेना र भारतीय सेनाबिच एक्स सूर्य किरणको संयुक्त अभ्यासको बाह्रौं श्रृङ्खला रुपन्देहीको सालझण्डीमा रहेको नेपाली सैनिक व्याट्ल स्कूलमा आइतबारदेखि सुरु भएको छ ।  विपद व्यवस्थापनको समयमा स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषय समावेस गरी संचालन

  • प्रदेश नम्बर २ को चुनाव अनुगमनका लागि उच्चस्तरीय टोली परिचालन

    मिथिलाञ्चल समाचारदाता भाद्र १९ गते, काठमाडौँ । आउँदो असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय तहको चुनाव अनुगमनका लागि उच्चस्तरीय अनुगमन टोली परिचालन भएको छ । २ नम्बर प्रदेशका ८ जिल्लाका १३६ स्थानीय तहको चुनाव समग्र तयारीको अवस्था, सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिताको

  • शिक्षा मन्त्रालयले छनोट गर्यो देशभरिको उत्कृष्ट २० विद्यालय, धनुषा अझैँ पछाडि

    शिक्षा मन्त्रालयले छनोट गर्यो देशभरिको उत्कृष्ट २० विद्यालय, धनुषा अझैँ पछाडि

    मिथिलाञ्चल समाचारदाता भाद्र १८ गते, धनुषा । शिक्षा मन्त्रालयले देशभरका सामुदायिक तथा निजी संस्थागत विद्यालयमध्ये उत्कृष्ट २० लाई पुरस्कृत गर्ने भएको छ। अघिल्ला तीन वर्षका परीक्षामा प्राप्त नतिजा विश्लेषण, परीक्षामा सहभागी विद्यार्थी संख्या तथा तहअनुसार अध्यापन गराइएका विषयका आधार मानेर विद्यालय छनोट

  • दुवईमा कार्यरत युवाहरुले जलविद्युतमा १० करोड लगानी गर्ने

    भाद्र १८ गते । युएईको दुवईमा कार्यरत युवाहरुले जलविद्युतमा १० करोड रुपैयाँ लगानी गर्ने भएका छन् । ओभरसिज नेप्लिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेड स्थापना गरेर काम गरिरहेका युवाहरुले त्यसै कम्पनी मार्फत गोरक्ष हाईड्रोपावर प्रालिमार्फत धादिङमा निर्माण हुन लागेको सुपर आँखुखोला जलविद्युत  आयोजनामा लगानी