• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

अन्तराष्ट्रिय समाचार

  • टु जी घोटाला प्रकरणः सबै आरोपीले पाए सफाइ

    टु जी घोटाला प्रकरणः सबै आरोपीले पाए सफाइ

    पुस ६ गत्ते,नयाँदिल्ली । भारतको चर्चित टु जी घोटाला प्रकरणका सबै आरोपीले सफाइ पाएका छन् । सीबीआई अदालतले पूर्व दूरसञ्चारमन्त्री ए राजा र सांसद कानीमोडीलाई पनि निर्दोष सावित गरेको समाचार एजेन्सी पीटीआईले जनाएको छ । यो मुद्दामा १४ व्यक्ति र तीन कम्पनी

  • मलेसियामा विदेशी कामदारले नयाँ वर्षदेखि लेबी तिर्नु नपर्ने, नेपालीलाई पनि लाभ

    मलेसियामा विदेशी कामदारले नयाँ वर्षदेखि लेबी तिर्नु नपर्ने, नेपालीलाई पनि लाभ

    पुस ६ गत्ते ।  मलेसियामा कामदारहरुले अब लेबी तिर्नुनपर्ने भएको छ । अब सन् २०१८ देखि रोजगारदाता कम्पनीहरुले नै कामदारको लेबी व्यहोर्नेछन् । मलेसिया सरकारले रोजगारदाताले नै लेबी तिर्नुपर्ने निर्णय गत वर्ष नै गरेको थियो । सो निर्णय १ जनवरी २०१८ देखि

  • म्यानमारमा संयुक्त राष्ट्रसंघलाई ‘नो इन्ट्री’, रखाइनमा सामूहिक चिहान

    म्यानमारमा संयुक्त राष्ट्रसंघलाई ‘नो इन्ट्री’, रखाइनमा सामूहिक चिहान

    पुस ६गत्ते । म्यानमारले संयुक्त राष्ट्रसंघका मानवअधिकार अनुगमनकर्तालाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । म्यानमानरमा मानवअधिकारको अवस्था बारे अनुगमन गर्नका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूत याङंग्ही लि आउँदो जनवरीमा म्यानमार जाने तयारी थियो । तर म्यानमारले याङ्ग्हीलाई आफ्नो देश आउन

  • साउदी अरेबियाको राजधानी रियादमा हुथी बिद्रोहीले र्गयो मिसाइल प्रहार

    साउदी अरेबियाको राजधानी रियादमा हुथी बिद्रोहीले र्गयो मिसाइल प्रहार

    पुुष ५ गत्ते । यमनमा सशस्त्र संघर्ष गरिरहेको हुथी बिद्रोहीले साउदी अरेबियाको राजधानी रियादमा मिसाइल प्रहार गरेको दाबी गरेको छ । साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले यमनमा हुथी ब्रिदोही विरुद्ध सन् २०१५ को मार्चदेखि कारवाही अभियान चलाउँदै आएको छ । हुथी

  • एन्टाको  अधिवेशन समपन्न, अध्यक्षमा अरुण कुमार ठाकुर सर्वसम्मतिले निर्वाचित

    एन्टाको अधिवेशन समपन्न, अध्यक्षमा अरुण कुमार ठाकुर सर्वसम्मतिले निर्वाचित

    पुस ३ गत्ते । अष्ट्रेलियामा रहेका तराईबासीहरुको संगठन एसोसिएसन अफ नेपलीज तराईयन ईन अष्ट्रेलिया एन्टाको अध्यक्षमा अरुण कुमार ठाकुर निर्वा्चित भएका छन् ।  सिड्नीको ग्रयान्भिल स्थित एक होटलमा भएको एन्टाको अधिवेशनमा अरुण कुमार ठाकुर अध्यक्ष पदमा निर्वा्चित भएका हुन् । उनी सन्

  • मुम्बईको एक पसलमा आगलागी, १२ जनाको मृत्यु

    मुम्बईको एक पसलमा आगलागी, १२ जनाको मृत्यु

    पुस ३ गते । भारत मुम्बईको एक पसलमा सोमबार बिहान आगलागी हुँदा १२ जनाको ज्यान गएको छ । मुम्बईको साकी–नाका क्षेत्रको खेरानी रोडमा रहेको पसलमा आगलागी भएको हो । बिहान साढे ४ बजे लागेको आगोका कारण पसल भित्रै सुतिरहेका १५ कामदार

  • अन्तर्राष्ट्रिय गुजरातमा विजेपीलाई टक्कर दिँदै काँग्रेस

    अन्तर्राष्ट्रिय गुजरातमा विजेपीलाई टक्कर दिँदै काँग्रेस

    पुस ३ गते,नयाँ दिल्ली । भारतमा विधान सभा निर्वाचनको मतगणना सुरु भएको छ । भारतको हिमाञ्चल प्रदेश र गुजरात राज्यको निर्वाचनको मतगणना सोमबार बिहानबाट सुरु भएको छ । राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा हिमाञ्चल प्रदेश र गुजरातमा निकै कडा सुरक्षा व्यवस्थाबीच

  • साउदीबाट पैसा पठाउँदा लाग्ने सेवा शुल्क बढ्यो

    साउदीबाट पैसा पठाउँदा लाग्ने सेवा शुल्क बढ्यो

     पुस ३ गते,काठमाडौं । साउदीबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क ५ प्रतिशत वृद्धी भएको छ । बढेको शुल्क १ जनवरी २०१८ अर्थात पुस १७ गतेबाट लागु हुने साउदीले जनाएको छ । २०१८ को सुरुवातसँगै लागु हुने गरी साउदीले मूल्य अभिवृद्धी

  • साउदी अरबको महिलाले अब गाडी चलाउन पाउने

    साउदी अरबको महिलाले अब गाडी चलाउन पाउने

    पुस २ गत्ते । साउदी अरबको ट्राफिक कार्यालयले महिलालाई ट्रक र मोटरसाइकल पनि चलाउन पाउने व्यवस्था गर्ने भएको छ ।  आउँदो वर्षको मध्यदेखि महिलाले पनि ट्रक र मोटरसाइकल चलाउन पाउने व्यवस्था गर्ने स्थानीय संचारमाध्यमले जनाएका छन् । साउदी अरबका राजा सल्मान बिन

  • राहुल गान्धीले सम्हाले कांग्रेस आइको जिम्मेवारी, नरेन्द्र मोदी तथा भाजपाको कडा आलोचना

    राहुल गान्धीले सम्हाले कांग्रेस आइको जिम्मेवारी, नरेन्द्र मोदी तथा भाजपाको कडा आलोचना

    पुस १ गत्ते। राहुल गान्धीले कांग्रेस आइको नेतृत्व औपचारिक रुपमा सम्हाल्नुभएको छ । निर्विरोध पार्टी अध्यक्षमा चुनिएका राहुलले आफ्नी आमा सोनिया गान्धीलाई विस्थापित गर्दै पार्टी अध्यक्षको जिम्मेवारी शनिबारदेखि औपचारिक रुपमा सम्हाल्नुभएको हो ।  अध्यक्ष पदको जिम्मेवारी ग्रहण गरे लगतै राहुलले प्रधानमन्त्री

  • उत्तर कोरियाविरुद्ध रुस र अमेरिका एक ठाउँमा, ट्रम्प र पुटिनबीच फोनवार्ता

    उत्तर कोरियाविरुद्ध रुस र अमेरिका एक ठाउँमा, ट्रम्प र पुटिनबीच फोनवार्ता

    मंसिर २९ गत्ते । उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा उत्पन्न असहज परिस्थितिका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको समाचार छ ।  उनीहरुबीच बिहीबार साँझ फोनमा कुराकानी भएको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले

  • गुगलमा सर्वा्धिक खोजिएका व्यक्ति को–को ?

    गुगलमा सर्वा्धिक खोजिएका व्यक्ति को–को ?

    मंसिर २९ गत्ते ।  इन्टरनेट सर्च इन्जिन गुगलले उसको वार्षिक फिचर ‘इयर इन सर्च’ सार्वजनिक गरेको छ । गुगलमा यो वर्ष हलिउडबाट सुरु भएको यौनदुर्व्यवहारका बारेमा बोल्ने क्रम र त्यससँग जोडिएका व्यक्तिलाई विश्वभरबाट गुगलमा खोजिएका व्यक्तिको सूचिमा पारेको छ । सन्

  • ट्रम्पको समर्थन पाएका रोय मुर हारे, अलाबामामा २५ वर्षपछि डेमोक्र्याट विजयी

    ट्रम्पको समर्थन पाएका रोय मुर हारे, अलाबामामा २५ वर्षपछि डेमोक्र्याट विजयी

    मंसिर २७ गत्ते । मेरिकी राज्य अलाबामा भएको सिनेटरको चुनावमा डेमोक्र्या्टिक पार्टीका डग जोन्स विजयी हुनुभएको छ । पछिल्लो २५ वर्षमा अलाबामाबाट डेमोक्र्या्टिक पार्टीका उम्मेदवार विजयी भएको यो पहिलोपटक हो । ६३ वर्ष पूर्व कानुनी अधिकारी जोन्सले रिपब्लिकन पार्टीका रोय मुरलाई

  • इजरायलको राजधानी जेरुसेलममा सार्ने ट्रम्पको तयारी, अरब राष्ट्र रुष्ट

    इजरायलको राजधानी जेरुसेलममा सार्ने ट्रम्पको तयारी, अरब राष्ट्र रुष्ट

    मंसिर २० गते । इजरायलको राजधानी जेरुसेलममा सार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति अरब राष्ट्रहरु रुष्ट भएका छन् । अरब देशका नेताहरुले जेरुसेलमलाई राजधानी बनाउँदा मुस्लिम समुदायमाथि आघात पुग्ने भन्दै त्यस्तो निर्णय नगर्न आग्रह गरेका छन् । इजरायलमा रहेको अमेरिकी दूताबास

  • कर कटौतीसम्बन्धी विधेयक अमेरिकी सिनेटद्वरा अनुमोदन

    कर कटौतीसम्बन्धी विधेयक अमेरिकी सिनेटद्वरा अनुमोदन

    मंसिर १७ गते । अमेरिकी सिनेटरहरुले व्यापक कर कटौतीसम्बन्धी विधेयक अनुमोदन गरेका छन् । राष्ट्रपति बनेयता डोनाल्ड ट्रम्पका लागि यो पहिलो ठूलो विधायिकी जित हो। कम्पनीहरु तथा केही व्यक्तिमाथि लाग्दै आएको कर कटौती गर्ने परिकल्पना विधेयकले गरेको छ । पछिल्लो कदमलाई सन

  • इन्डोनेसियामा आँधी, २० को ज्यान गयो, १७ हजार घर नष्ट

    इन्डोनेसियामा आँधी, २० को ज्यान गयो, १७ हजार घर नष्ट

    मंसिर १६ गते । इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले एक हप्ता अघि आएको आँधीका कारण मृत्यु हुनेहरूको संख्या २० पुगेको शुक्रबार जनाएको छ ।   भारतीय सामुद्रिक टापुहरूबाट आएको आँधी, बाढी र चक्रवायुले १७ हजार ९ ओटा घरहरु नष्ट भएको पनि अधिकारीहरूले जनाएका छन्

  • इराकको राजधानी बग्दादमा आत्मघाती आक्रमण, १७ जनाको मृत्यु

    इराकको राजधानी बग्दादमा आत्मघाती आक्रमण, १७ जनाको मृत्यु

    मंसिर १२ गते । इराकको राजधानी बग्दादमा भएको आत्मघाती आक्रमणमा कम्तिमा १७ जनाको ज्यान गएको छ । दुई आक्रमणकारीले बग्दादको दक्षिण पूर्वी क्षेत्र नाहरावानमा आक्रमण गरेका हुन् । घटनामा २८ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ

  • युएईको राष्ट्रिय दिवसमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कडा कारवाही

    युएईको राष्ट्रिय दिवसमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कडा कारवाही

    मंसिर १२ गते । दुवई प्रहरीले युएईको राष्ट्रिय दिवसको अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई २ हजार दिर्हामसम्म जरिवाना गर्ने चेतावानी दिएको छ ।  डिसेम्बर २ अथवा मंसिर १६ गते युएईले ४६ औं राष्ट्रिय दिवस मनाउँदै छ । दिवसको अवसरमा हुने दुर्घट्ना र

  • इण्डोनेसियाको बालीमा ज्वालामुखी विस्फोटको खतरा

    इण्डोनेसियाको बालीमा ज्वालामुखी विस्फोटको खतरा

    मंसिर ११ गते । इण्डोनेसियाको बालीमा ज्वालामुखी विस्फोटको खतरा देखिएपछि त्यसको साढे ७ किलोमिटर वरपरसम्मको बस्ती खाली गर्न सूचना जारी गरिएको छ । बाली टापुमा रहेको माउण्ट अगुङ ज्वालामुखिबाट चार हजार मिटरमाथिसम्म खरानी उडेपछि इण्डोनेसियाको विपद व्यवस्थापन विभागले यस्तो सूचना जारी

  • चीनको निङ्बोमा विस्फोट, दुईजनाको मृत्यु

    चीनको निङ्बोमा विस्फोट, दुईजनाको मृत्यु

    मंसिर १० गते ।  चीनको पूर्वी निङ्बो शहरमा शक्तिशाली विस्फोट हुँदा  दुईजनाको ज्यान गएको छ । घटनामा कम्तिमा ३० जना घाइते भएका छन् । आइतबार बिहान औद्योगिक क्षेत्रमा विस्फोट भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । विस्फोटको कारण अहिलेसम्म खुलेको