• :
  • :
    • On Air
    • Bhojpuri songs
    • Up Next
    • Tun Tun Kaka

समाचार

यौनसम्बन्ध अघि गर्नै नहुने पाँच कुरा

यौनसम्बन्ध अघि गर्नै नहुने पाँच कुरा
एजेन्सी
फागुन २४ गते ।
हरेक कुरा भन्ने र गर्ने उपयुक्त समय हुने गर्दछ । कतिपय अवस्थामा सही कुरा वा काम सही समयमा सही समयमा नगर्दा र नभन्दा त्यसको गलत असर हुने गर्दछ । त्यसैले कुनै पनि कुरा वा काम गर्दा सही अवस्था, मुड र माहौल हेरेर मात्र भन्ने र गर्ने कोशिस गर्नु उपयुक्त हुन्छ ।
अझ बेडरुमको कुरा गर्ने हो भने यो नियम झनै बढी लागु हुने गर्दछ । कतिपय कुरा बेडरुममा नभन्नु नै उपयुक्त मानिन्छ । किनभने यस्तो अवस्थामा गरिने कुराले पार्टनरको मुड बिग्रन पनि सकछ । त्यसको असर सिधै रिलेशनसीपमा पनि पर्न सक्दछ ।
प्रेमिल अवस्था निकै संवेदनशील हुन्छ । यस्तो अवस्थामा मुखबाट निस्कने एउटा गलत शब्दले पनि दुःखको कारण बन्न पुग्दछ । अन्तरंग पलहरुअघि समय निकै महत्वपूर्ण हुन्छ । यो समयले दुई जनाबीचको विश्वास बढाउँछ । यस्तो अवस्थामा कुनै गलत शब्द निस्कन नदिने कोशिस गर्नु उपयुक्त मानिन्छ ।
झुक्किएर पनि यस्ता कुरा नगर्नुस्
१। तपाई आफ्नो पार्टनरलाई झुक्किएर पनि नसोध्नुस कि यो उनको पहिलोपटक हो वा यसअघि पनि‘।।
२। कहिल्यै पनि आफ्नो साथीको तुलना आफ्नो पूर्व प्रेमी वा पार्टरसँग नगर्नुस् ।
३। झुक्किएर पनि त्यस्ता कुराको जिकिर नगर्नुस कि तपाईका साथीहरु उनका बारेमा कस्ता कुरा गर्दछन् ।
४। पैसासँग सम्बन्धित कुरा यो अवस्थामा नगरेकै राम्रो । किनभने आर्थिक हिसावकितावको कुरा यो काम सकेर पनि गर्न सकिन्पैसासँग सम्बन्धित कुरा यो अवस्थामा नगरेकै राम्रो । किनभने आर्थिक हिसावकितावको कुरा यो काम सकेर पनि गर्न सकिन्छ ।
५। तिमीलाई यो अवस्थामा देख्नु निकै अनौठो छ । यो कुरा तपाईको पार्टनरलाई नराम्रो लाग्न सक्छ । 


यसमा तपाईको मत