• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

भारतमा ५ सय र १ हजार रुपैँयाको नोट बदर

भारतमा ५ सय र १ हजार रुपैँयाको नोट बदर
भारत , कातिक २३ गते । 
 
भारतमा मंगलबार मध्य रातदेखि पाँच सय र एक हजार रुपैँयाको नोट बदर हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीलाई संवोधन गर्दै मंगलबार मध्य रातिदेखि नै लागु हुनेगरी ५०० र १००० रुपैँयाको नोट बदर हुने घोषाणा गरेका हुन् । 
 
केहि समाजिक र देश विरोधी तत्वले जाली नोटको कारोबार गरी कालोधन्धा बढाएको भन्दै उनले अचानक यस्तो घोषणा गरेको बताएका छन् ।  साथै ५ सय र हजार रुपैँयाको नोट साट्नको लागि ५० दिनको समयसमेत दिएको प्रधानमन्त्री मोदीले बताएका छन् । जस्को लागि नोट साट्न बैंक र प्रमुख डाक घरमा परिचय पत्रसहित जानु पर्ने छ । रातिदेखि पाँच सय र हजार रुपैँयाको नोट बाहेक अन्य नोटले कारोबार गर्न सकिने उनले बताएका छन् । साथै यस्को साटो चाँडै नै पाँच सयको अन्य मोडेलको नोट र २ हजारको नोट निकाल्ने प्रधानमन्त्री मोदीले घोषणा समेत गरेका छन् । 
 


यसमा तपाईको मत