• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi songs

समाचार

भारतमा रेल दुर्घटना ५५ को मृत्यु , १५० भन्दा बढी घाइते

भारतमा रेल दुर्घटना ५५ को मृत्यु , १५० भन्दा बढी घाइते
कानपुर, मंसिर ५ (एजेन्सी) 
भारतको उत्तरप्रदेशमा रेल दुर्घटना हुँदा ५५ जनाको ज्यान गएको छ। उत्तर प्रदेशको कानपुरस्थित पुखरायामा आइतबार बिहान करिब साढे ३ बजे रेल दुर्घटनामा परेको हो ।
पटना(इन्डोर एक्सप्रेसका १४ डिब्बा पल्टिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
भारतीय अधिकारीहरूका अनुसार अहिलेसम्म ५५ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन् ।
समाचार अनुसार स्लिपर क्लासका ६ र एसी क्लासका ३ डिब्बा पूरै दुर्घटनाग्रस्त छन्।  मृत्यु हुने अधिकांश यही डिब्बाका यात्री रहेको भारतीय प्रहरीले जनाएको छ। युपी प्रहरीका अनुसार सबैभन्दा बढी हाताहाती एस १ र एस ३ डिब्बाका यात्री छन् ।
यसैबीच भारतीय रेल मन्त्री सुरेश प्रभुले रेल दुर्घटनाको बारेमा छानबिन गर्न आदेश दिएका छन्। भारतीय रेलवे सेवाले एक उच्चस्तरीय छानबिन आयोग गठन गर्न निर्देशन दिएको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेंद्र मोदीले रेल दुर्घटनाबाट आफू अत्यान्त दुखी भएको भन्दै  ट्विट गरेका छन् ।
यस्तै गृहमन्त्री राजनाथ सिंहले दुर्घटनाप्रति दुखी हुँदै उद्धार र उपचारको लागि तत्काल व्यवस्था गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।
यूपीका सीएम अखिलेश यादवले कानपुर ट्रेन दुर्घटनाका घाइतेको उद्धार र उपचारका लागि सबैसँग आग्रह गरेका छन् ।
 


यसमा तपाईको मत