• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

तामिलनाडुकी मुख्यमन्त्री जयललिताको मृत्यु

तामिलनाडुकी मुख्यमन्त्री जयललिताको मृत्यु
एजेन्सी, मंसिर २० -
 
तामिलनाडुकी मुख्यमन्त्री जयललिताको सोमबार निधन भएको छ। केही समयदेखि अस्वस्थ्य रहेकी जयललिताको आज साँझ निधन भएको भारतीय समाचारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।  
विगत दुई महिनादेखि अस्पतालमा उपचार गराइरहेकी मुख्यमन्त्री जयललिताको आइतबार अचानक स्वास्थ्य बिग्रिएको थियो । उनलाई एक्कासी हद्यघात भएर अवस्था नाजुक भएको थियो। उनको स्वास्थ्य अवस्था बिग्रिएको खबर आएपछि हजारौंको संख्यामा उनका समर्थकहरू अपोलो अस्पतालबाहिर जम्मा भएका थिए ।
 
जयललिताको स्वास्थ्य लाभका लागि उनका समर्थकले रातीदेखि नै मन्दिरमा पुजा अर्चना गरिरहेका थिए। दक्षिण भारतमा जयललिताको प्रशंसक धेरै छन् ।
जयललिता दक्षिणको चलचित्रबाट राजनीतिमा प्रवेश गरेकी थिइन्। उनी दक्षिण भारतको पूर्वस्टार नायिका हुन्। उनी यस क्षेत्रमा अम्माको नामले चिनिने गर्छिन्। ६८ वर्षीय जयललिताको उपचारका लागि एम्स र बेलायतबाट चिकित्सकहरूको विशेष टोली खटाइएको थियो ।
उनको निधनको खबरसँगै उनका समर्थकले हंगामा मच्चाएका छन् । प्रहरी र समर्थकबीच भीडन्त सुरु भएको पनि समाचारमाध्यमले बताएका छन् ।
 


यसमा तपाईको मत