• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News
ताजा समाचार

समाचार

एमाले देशको माहोल बिगारे :गगन थापा

एमाले देशको माहोल बिगारे :गगन थापा
जनकपुरधाम , पुस ४ गते । 
 
स्वास्थ्यमन्त्री गगन थापाले नेकपा एमाले प्रत्येक कुरालाई राष्ट्रबाद र राष्ट्रघातसंग जोडेर देशको माहोल विगारेको अरोप लगाएका छन् । विभिन्न मुदामा भएको आन्दोलनलाई एमालेले कहिले राष्ट्रवादी र राष्ट्रघाती नारा दिएर जनत जनता बीचको सद्भावलाई भड्काउन खोजेको उनले आरोप लगाएका हुन् । 
सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै थापाले संविधान संशोधन प्रस्तावको विरोधमा संसद अवरोध गरेर एमालेले अलोकतान्त्रिक चरित्र प्रदर्शन गरिरहेको बताए । राष्ट्रघात र राष्ट्रबादको कुरालाई उठाएर सिंगै देशको ठेक्का लिएको जस्तो गरेको थापाले टिप्पनी गरे । थापाले भने “ यदि एमालेले अहिलेको संविधान संशोधन प्रस्थातवलाई राष्ट्रघाती भन्छन् भने संविधान घोषणाको बेला एमालेले गरेको बचा अनुसार एमाले सबभन्दा ठुलो राष्ट्रघाती पार्टी छन् । ”
मन्त्री थापाले सरकारले एमालेसंग लगातार छलफलको माध्यमबाट संविधान संशोधन प्रक्रियालाई टुंगोमा पुर्याउने विश्वास व्यक्त गरे । उनले संविधान संशोधन प्रस्ताव पारित नभएको खण्डमा कुनै पनि हालतमा स्थानीय निकायको निर्वाचन नहुनेसमेत ठोकुवा गरे । 
 
अर्को प्रसंगमा मन्त्री थापाले जनकपुर अंचल अस्पतालको अवस्था चाँडै सुदृढ गर्ने प्रतिवद्धता गरेका छन् । आफु यस क्षेत्रको स्वास्थ्यसेवा क्षेत्रलाई अनुगमन गर्नकै लागि जनकपुर आएको बताए । देश भरिको १८ वटा अंचल अस्पतालको अनुगमन केहि दिन अघि नै अनुगमन टोली अनुगमन गरेर प्रतिवेदन बुझाएको त्यसको क्रममा देखिएका समस्या सुधार गर्न आफु चाँडै पहलकदमी लिने जानकारी दिए ।
 


यसमा तपाईको मत