• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

जनकपुरको नालामा मृत भेटिएका युवकको परिचय खुल्यो

जनकपुरको नालामा मृत भेटिएका युवकको परिचय खुल्यो
जनकपुरधाम , पुस ६ गते ।
जनकपुरको पिडारीचोक स्थित नालामा बुधबार विहान मृत फेला परेका एक युवकको सनाखत भएको छ । मृत्यु भएका युवक जनकपुर उपमहानगरपालिका पुलचोकका रहमान राईनका २४ वर्षका छोरा नुरमोहम्मद राईन रहेको प्रहरीले जनाएको छ । 
बुधबार विहान जनकपुर ढल्केवर सडक खण्डको पिडारीचोकदेखि केहि उत्तर र पश्चिम छेउका  नालामा नुरमोहम्मदको शव फेला परेको हो । वडा प्रहरी कार्यालय मुजेलियाका अनुसार मंगलबार राति ११ बजेको समयमा बी.आर ३० पी. ६६३२ नम्बरको भारतीय नम्बरप्लेटको स्कारपिओमा नुरमोहम्मद र उनका ५।६ जना साथीहरु जनकपुरबाट ढल्केवर जान लागेको बेला अत्यधिक गतिका कारण पिडारीचोकमै दुर्घटना भएको थियो । दुर्घटना पश्चात त्यसमा सवार सबै जना भागेको र दुर्घटनाकै क्रममा नुरमोहम्मद गाडीबाट उछिटिएर नालामा खसेर मृत्यु भएको हुन सक्ने वडा प्रहरी कार्यालय मुजेलियाका सई गगन साहीले जानकारी दिएका छन् ।   
दुर्घटना लगतै त्यहाँ कोहि व्यक्ति नहुँदा स्कारपिओलाई नियन्त्रणमा लिएको र राति भएको कारण पर नालामा खसेको युवकलाई हेर्न नसकेको प्रहरीको भनाई छ । मृतक नुमोहम्मदको शवलाई पोष्टमार्टमका लागि  जनकपुर अंचल अस्पतालमा राखिएको छ । राति दुर्घटना हुनु पूर्व जनकपुर अंचल अस्पतालनिरका केहि प्रत्यक्षदर्शीका अनुसार मृत्यु भएका युवक नुरमोहम्मद रक्सी खाएर मातेका थिए । श्रोतका अनुसार नुरमोहम्मद साथीहरुसंग अझै रक्सी खान भिन ढल्केवर जान लागेका थिए । घटना विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 


यसमा तपाईको मत