• :
  • :
    • On Air
    • Kayakairan
    • Up Next
    • Mithilanchal Maithili News
ताजा समाचार

समाचार

तेस्रो दीनको खेलमा राज ११ र सुजित ११ विजयी

मिथिलान्चल समाचारदाता
जनकपुरधाम,चैत ४ गते ।
जनकपुरको वारह विघमा जारी शहिद कप क्रिकेट टुनामेन्टको तेस्रो दिनको दुई छुटाटुटै खेलमा चार ११ र सुजित ११ विजयी भएको छ । 
पहिलो खेलमा टाँस जितेर व्याटिङग गरेका राज ११ ले १८.४ ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो । १ सय २३ रनको विजयी लक्ष्यसहित पीचमा उत्रेका कुम्भरौडा टिमले ८६ रन बनाउदै अल आउट भएको थियो । पहिलो खेलको म्यान अफ दि म्याजको उपाधि ३६ बलमा ६० रन जोडने राज ११ का लालु ठाकुरलाई प्रदान गरिएको छ । त्यस्तै, दोस्रो खेलमा जनकपुरको विजेता टिमलाई महोत्तरी मनराका सुजित ११ ले १३ रनले पराजित गरेको छ । टाँस जितेर पहिलो व्याटिङग गर्ने निर्णय गरेको सुजित ११ ले १ सय ३७ रन बनाएको थियो । जवाफमा ९ विकेटको नोक्सानमा विजेता टिमले १ सय २४ रन मात्र बनाउन सफल भएको थियो । खेलको म्यान अफ दि म्याजको उपाधि सुजित ११ का विराज सिंहलाई प्रदान गरिएको आयोजक युवा मञ्चका रुपेश सिंहले जानकारी दिए ।   
 


यसमा तपाईको मत