• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News
ताजा समाचार

समाचार

संसद बैठक सोमबारसम्मका लागि पुनः स्थगित

जनकपुरधाम, पुस १४ गते

व्यवस्थापिका संसदको बैठक आउँदो सोमबारसम्मको लागि स्थगित भएको छ । बिहीबार बोलाइएको संसद बैठकको सुरुमै विपक्षी दलको तर्फबाट एमाले सांसद बैजनाथ यादवले संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गर्नुभयो । 

प्रस्ताव फिर्ता नभएसम्म संसद चल्न नदिने भन्दै उहाँले सम्बोधन गरेपछि एमालेसहित विपक्षी दलका सांसद आआफ्नो कुर्सीबाट उठेका थिए । त्यसपछि सभामुख ओनसरी घर्तीले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो । 

संविधान संशोधन प्रस्तावको विरोधमा एमालेसहित विपक्षी दलले पटकपटक संसद अवरुद्ध गर्दै आएका छन् । संसद बैठक चल्न नसक्दा चुनावको मिति घोषणा, चुनावका लागि आवश्यक कानुन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीमाथिको महाअभियोग लगायत विषयमा छलफल हुन सकेको छैन । 



यसमा तपाईको मत