• :
  • :
    • On Air
    • Kayakairan
    • Up Next
    • Mithilanchal Maithili News

समाचार

अव एमाले मुक्त मधेश आन्दोलन हुन्छ : अध्यक्ष महतो

अव एमाले मुक्त मधेश आन्दोलन हुन्छ : अध्यक्ष महतो
जनकपुर, पुस १६ गते ।  
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आरपारको लडाईको लागि तयार रहन आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । शुक्रवार जनकपुरमा शुक्रबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष महतोले मधेश मुद्दा सम्बोधनको सवालमा वर्तमान सरकारको नियतमा पनि शंका रहेकोले आन्दोलनको तयारी आवश्यक रहेको बताए ।
अव आन्दोलन आरपारको हुन्छ, उनले भने,‘ किस्ताबन्दीमा मधेशीले धेरै रगत बनाई सके अव जति पनि बलिदानी किन न परोस्, माग पुरा नै हाम्रो लक्ष्य हुनुपर्छ ।’नेकपा एमाले जस्तै सरकारले संविधान संसोधनको मुद्दालाई ओझेलमा पार्ने गरि स्थानीय तह निर्वाचनको प्रस्ताव अघि सारेको उल्लेख गर्दै उनले भने,‘ सत्ता पक्ष पार्टीकै नेताहरु मधेशको विरुद्धमा देखिएकोले त्यसको सरकार अग्नि परीक्षामा छ ।’ सरकारले संविधान संसोधनको मुद्दाबाट पछि हटे मोर्चाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने उनले चेतावनी समेत दिए । संविधान संसोधन प्रस्तावलाई विरोध गरे नेकपा एमाले संघियता र मधेश विरोधी रहेको उनले आरोप लगाए । महिनौ सम्म एमाले संसद अवरोध गर्नु अलोकतान्त्रि चरित्र रहेको उल्लेख गर्दै उनले भने,‘ यस्तै अवस्था रहियो भने निकट भविष्यमै मधेश एमाले मुक्तको आन्दोलन सुरु हुन्छ ।’ एमाले मुलुकमा विखण्डको बाटोमा डोर्याउन खोजी रहेको भन्दै उनले भने,‘ मोर्चाले अलग राज्य चाहेको होईन, केन्द्रित शसान व्यवस्थालाई विकेन्द्रिकरण मात्र चाहेको छ,कारण मधेशीले पनि अन्य नेपाली सरह सम्मान पाउन सकोस् ।’ मधेशी जनताले आफ्ना हक अधिकारको लागि पटक–पटक रगतको बलिदानी दिएकोले त्यसको वलिदानी खेर नजाने उनले दावी गरे ।
 


यसमा तपाईको मत