• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Nepali News

समाचार

भारतमा बाटो खन्ने क्रममा चार नेपाली मजदुरको ज्यान गयो

जनकपुर , पुस २१ गते 
भारतको हिमाञ्चल प्रदेशमा बाटो खन्ने क्रममा ढिस्कोले पुरिएर चारजना नेपाली मजदुरको ज्यान गएको छ । 
हिमाञ्चलको सिमला जिल्ला तहसिल रामपुर भन्ने ठाउँमा बुधबार बाटो खन्ने क्रममा चारजना नेपाली पुरिएर उनीहरुको घटनास्थलमै ज्यान गएको सँगै काम गर्ने अर्का नेपाली कञ्चनपुरको झलारीपिपलाडी नगरपापालिकाका–११ का नरेन्द्रबहादुर विष्टले जानकारी दिनुभयो । 
 
ज्यान गुमाउनेमा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका दीपनगरका लोकेन्द्र विष्ट, दीपेन्द्र विष्ट, कैलालीको सुख्खडका अजबबहादुर विष्ट र बैतडीका रामबहादुर बम रहेका छन् । ६ जना नेपाली त्यस ठाउँमा कार्यरत रहेपनि दुईजना खाना पकाइरहेकाले सकुशल रहेको विष्टले बताउनुभयो ।
 


यसमा तपाईको मत