• :
  • :
    • On Air
    • Up Next

समाचार

सरकारको गलत भूमिका र काँग्रेस एमालेको अहंकारले संविधान संशोधन भएन : डा.भट्टराई

सरकारको गलत भूमिका र काँग्रेस एमालेको अहंकारले संविधान संशोधन भएन : डा.भट्टराई
जनकपुरधाम , पुस २४ गते ।  
नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले सरकार गलत भूमिका र एमालेको अहंकारवादको कारण संविधानन संशोधन हुन नसकेको आरोप लगाउनु भएको छ । महोत्तरीको गोरहन्ना मेघरौलमा आईतवार नयाँ शक्ति पार्टीद्धारा आयोजित नेता तथा कार्यकर्ता भेटघाट सभालाई हिन्दी भाषामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका डा. भटट्राईले संविधान संशोधनमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको भूमिका गलत भएको आरोप लगाउनु भयो । प्रधानमन्त्री प्रचण्डले कहिल हो र कहिले होइन भन्ने  भूमिका  र एमाले काँग्रेसको अहंकारवादको कारण संविधान संशोधन नभएको दावी गर्नुभयो ।  
नयाँ पार्टीले नै नयाँ काम गर्न सक्ने दावी गर्दै डा.भट्टराईले भ्रष्टाचारमुक्त नेपाल बनाउन र अधिकारबाट बञ्चित मधेशी , थारु , आदिवासी , जनजाती , दलित ,महिला लगायतको पूर्ण अधिकार सुनिश्चित गर्न पार्टीलाई सहयोग गर्न आग्रह गर्नुभयो ।  उहाँले जारी भएको संविधानलाई आधा गिलासमा पानी भरेको र आधा गिलास खाली भएको सज्ञा दिनुभयो । डा.भट्टराईले अधिकारबाट बञ्चित वर्गको अधिकार संविधानमा सुनिश्चित नभएसम्म आफु संघर्ष गरि रहने बताउनुभयो । 
 


यसमा तपाईको मत