• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

निलम्बित सांसद साह उपर ३१ करोड ५० लाखको विगोदावी गर्दै अख्तियारद्धारा मुद्दा दायर

निलम्बित सांसद साह उपर ३१ करोड ५० लाखको विगोदावी गर्दै अख्तियारद्धारा मुद्दा दायर
जनकपुरधाम , पुस २५ गते । 
निलम्बित सांसद तथा पूर्व राज्यमन्त्री सञ्जय कुमार साह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ करोड ५० लाख रुपैंया विगो माग दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा कुनै राजनीतिज्ञ विरुद्ध विशेष अदालतमा अख्तियारले दर्ता गरेको हालसम्मकै ठूलो बिगो भएको मुद्दा हो । साह सद्भावना पार्टीका तर्फबाट धनुषा ४ बाट निर्वा्चित हुन्। ज्यान मारेको अभियोगमा उनी हाल हिरासतमा छन् । अख्तियारले उनीसहित उनको परिवार बाबु साधु साह सुडी, आमा दुलारी देवी सुडी, भाई रामकुमार साहलाई पनि प्रतिवादी बनाएको छ ।
अख्तयारले मुद्दा दर्ता पछि जारी गरेको विज्ञप्तिमा  निलम्बित सांदस साह  भौतिक योजना तथा निर्माण राज्यमन्त्री रहदा व्यापक भ्रष्टाचार गरिएको उल्लेख छ । 
साथै निज संजय कुमार साहका भाइ रामकुमार साहको नाममा रहेको मिथिला मनि ट्रान्सफर प्रा.लिले एक शाखाबाट आर्को शाखामा रकम पठाउँदा र झिक्दा बैकिंङ प्रणालीमा नदेखाई सोझै पठाउने गरेको देखिएको बताइएको छ । ताहिके अभिलेख डे बुकमा मात्र राख्ने गरेको र हुण्डी समेतको कारोवार गरेको भनी  अनुसन्धानको क्रममा गरेको वयानबाट खुल्न आएकोले  साहका बाबु साधु साह सुडीको नाममा रहेको मिथिला आयल स्टोर्सले राजश्व छलि गरेको अनुसन्धानको क्रममा प्राप्त कागजातहरुबाट खुल्न उल्लेख गरिएको छ । त्यस विषयहरुसंग सम्बन्धित कागजातहरु संलग्न गरी थप अनुसन्धान तथा कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली,२०५९ को नियम ९ बमोजिम मिथिला मनि ट्रान्सफर प्रा.लिको हकमा नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय, काठमाण्डौ र मिथिला आयल स्टोर्सको हकमा राजश्व अनुसन्धान विभाग,पुल्चोक,ललितपुरलाई लेखी पठाइएको अख्तियारले जनाएको छ । 
 


यसमा तपाईको मत