• :
  • :
    • On Air
    • Up Next

समाचार

हिम्मत छ भने केपी ओली मधेशमा सभा गरेर देखाओस् : महतो

हिम्मत छ भने केपी ओली मधेशमा  सभा गरेर देखाओस् : महतो
जनकपुरधाम , माघ ६ गते ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले हिम्मत भए एमालेलाई मधेशमा आएर आमसभा गर्न चुनौती दिनुभएको छ । जनकपुर विमान स्थलमा बुधबार सञ्चारकर्मीसंग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली लगायत नेतालाई मधेशको मुल भागमा आएर संविधानको प्रचार प्रसार गर्न चुनौति दिनुभयो । उहाँले चुनौती दिदै भन्नुभयो “ म एमालेका नेताहरुलाई चुनौती दिन्छु हिम्मत छ भने जनकपुरको बाह्रविघा मैदानमा आएर आमसभा गरोस्” । उहाँले एमाले पार्टीलाई एनजिओ पार्टीको संज्ञ दिनुभयो । 
 
उहाँले एमाले मधेशको मुख्य शत्रु रहेकाले मधेशलाई एमाले मुक्त बनाउने अभियान शुरु भईसके बताउनुभयो । प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गल्ती गरेका कारण संविधान संशोधन नभएको अध्यक्ष महतोको भनाई छ । तीन दल भागरे हैन संविधान संशोधन तर्फ लागेर मात्र देशको समस्या समाधान हुने उहाँले बताउनुभयो । संविधान परिमार्जन भए मात्र देशमा स्थानीय निकायको निर्वाचनको बातावरण बन्ने  अन्यथा कुनै पनि हालतमा चुनाव नहुने ठोकुवा गर्नुभयो ।
बलिदानी दिवसको अवसरमा उहाँले मधेश आन्दोलनका सहिदहरुबाट प्रेरणा लिनु पर्ने र सहिदहरुको सपना पुरा गर्ने तर्फ सबै लाग्नु पर्ने बताउनुभयो । 
 


यसमा तपाईको मत