• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

भोजपुरी फिल्म क्षेत्रका चर्चित कलाकारहरु जनकपुर आउने

भोजपुरी फिल्म क्षेत्रका चर्चित कलाकारहरु जनकपुर आउने
जनकपुरधाम , फाल्गुन २ गते । 
भोजपुरी चलचित्र जगतका चर्चित कालाकारहरु जनकपुर आउने भएका छन् । फाल्गुन २८ गते होलीको अवसरमा एस आर प्रोडक्सन प्रा.ली.ले भोजपुरी फिल्म जगतका सुपरस्टार नायक दिनेश लाल यादव निरहुवा सहितका बहुचर्चित कालाकारहरुलाई जनकपुर ल्याउदैछन् । 
जनकपुरको तिरहुतिया गाछीमा हुन लागेको ‘जनकपुर होली हंगामा’ नामक मैथली भोजपुरी सांगीतिक तथा सांस्कृतीक पर्वमा सहभागी हुन निरहुवाका साथै भोजपुरी फिल्मकी चर्चित नायीका अम्रपाली दुवे, नायक एवंम निर्माता प्रवेश लाल यादव, शुभी शर्मा र सिमा सिंह सहितका दर्जनौ कालाकारहरु जनकपुर आउन लागेको एस आर प्रोडक्सन प्रा.ली.ले जनाएको छ । तिरहुतीया गाछीमा हुने सो कार्यक्रमका प्रमुख अतिथी उपप्रधान तथा गृहमन्त्री हुने र मन्त्री निधीले भोजपुरी कालाकारहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी हुने दर्शकका लागि टिकट दर २ सय रुपैया र भि.आइ.पी टिकट दर १ हजार रुपैया तोकिएको छ । 
मैथली र भोजपुरीका संगीत र कालाकारहरुको सम्बन्ध प्रगाढ पार्न र जनकपुर सहित यस क्षेत्रमा रहेका भोजपुरी चलचीत्र र संगीतका पारखीहरुलाई उनीहरुको मनपर्ने कालाकारसंग प्रत्यक्ष भेटघाट गर्ने गरि होली महोत्सव मनाउन अवसर प्रदान गर्न समेत कार्यक्रम आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा एस आर प्रोडक्सन प्रा.ली.का प्रबन्धक संतोष राज सहनी, नेपाली तथा भोजपुरी गायीका सेलीना कुँवर सहितको उपस्थिती थियो ।
 


यसमा तपाईको मत