• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Nepali News

समाचार

एमालेले तराईमधेशसहित देशभरि भेला र सभा गर्ने

एमालेले तराईमधेशसहित देशभरि भेला र सभा गर्ने
मिथिलाञ्चल समाचारदाता
काठमाडौं, फागुन २६ गते
नेकपा एमालेले सप्तरीको राजविराज घटना र मेची महाकाली अभियानबारे जानकारी दिन बिहीबारदेखि तराईमधेशसहित देशभरि अगुवा कार्यकर्ता भेला र सभा गर्ने भएको छ ।
राजविराज घटनाबारे भण्डाफोर गर्न तथा मेची महाकाली अभियानबारे जानकारी गराउन ७५ वटै जिल्लामा अगुवा कार्यकर्ता भेला तथा सभा गर्ने निर्णय भएको एमालेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन ।
यो अभियान अन्तर्गत सप्तरी लगायत तराइका जिल्लामा पनि सभा र भेला हुने उहाँले बताए । अगुवा भेलाको एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट बिहीबार उद्घाटन गर्दैछन ।
 


यसमा तपाईको मत