• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

समर्थन फिर्ता लिने तर औपचारिक घोषणा नगर्ने मोर्चाको रणनीति

समर्थन फिर्ता लिने तर औपचारिक घोषणा नगर्ने मोर्चाको रणनीति
मिथिलाञ्चल समाचारदाता
जनकपुधाम, चैत्र २ गते ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताको बैठक बुधबार बस्दैछ । बैठकमा आगामी रणनीतिबारे कुरा हुने मोर्चाले जनाएको छ ।
समर्थन फिर्ता लिने निर्णय गरेपनि औपचारिक घोषणा भने नगर्ने मोर्चाको रणनीति छ । मोर्चाले यसअघि सात दिनभित्र परिमार्जनसहित संविधान संशोधन र स्थानीय तह चुनाव स्थगन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएको थियो ।
सरकारलाई दिएको अल्टिमेटम सकिने अघिल्लो दिन मंगलबार बसेको मोर्चाको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । मोर्चाले समर्थन फिर्ता लिएमा पनि सरकारलाई अप्ठ्यारो पर्ने छैन ।
कांग्रेस र माओवादी केन्द्रले ३७ सिट भएको राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बनाइसकेका छन् । यस्तै १४ सिट भएको फोरम लोकतान्त्रिकलार्य सरकारमा ल्याउने सत्तारुढ दलको तयारी छ । मोर्चासँग आबद्ध सात राजनीतिक दलका ४९ जना सांसदले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्दै आएका छन् । 


यसमा तपाईको मत