• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस मनाईंदै

मिथिलाञ्चल समाचारदाता 
चैत्र २ गते । 
अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस, बुधबार विभिन्न कार्यक्रमका साथ मनाईंदैछ । सन् १९६२ मार्च १५ तारिखमा अमेरिकी राष्ट्रपतिले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनौट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरेपछि विश्वमा यो दिवस मनाउन थालिएको हो ।
नेपालमा भने उपभोक्ता संरक्षण ऐन २०५४ जारी भएपछि दिवस मनाउन थालिएको हो  । यो ऐनको दफा ६ मा वस्तु वा सेवा खरिद तथा उपभोग गर्ने हरेक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको छ ।  सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभुत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार दिए पनि त्यो कार्यान्वयन भने फितलो छ ।
उपभोक्ताको अधिकार सुनिश्चित हुन नसकेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार उपभोक्ताको अधिकार संरक्षणमा खासै  प्रगति हुन  सकेको छैन ।  मूल्य, गुणस्तर र नापतौलमा उपभोक्ता सजग देखिएपनि  ठगी रोकिएको छैन ।
सरकारले बजार अनुमगन गरिरहेपनि यो औपचारिकतामा मात्रै सीमित भएको अधिकारकर्मीको भनाई छ । पछिल्लो समयमा  सडक निर्माण  तथा विस्तार, विषादीयुक्त तरकारी, औषधिमा भइरहेको लापरबाही र खाद्य वस्तुको गुणस्तर तथा मूल्यवृद्धिले उपभोक्ता झनै मारमा परेका उनीहरुले बताएका छन् ।


यसमा तपाईको मत