• :
  • :
    • On Air
    • Osho Dhara
    • Up Next
    • Kayakairan
ताजा समाचार

समाचार

जनक नगरीयामा जानकी नै अपहेलित

जनक नगरीयामा जानकी नै अपहेलित
रिंकु मिश्र गायत्री
 
कहिले जगत जननी जानकी,कहिले धनकि देवि लक्ष्मी तऽ कहिले विद्याकि देवी सरस्वति भनेर सदियौं देखि पुँजिदैं आएकी महिला,महिला भएकै कारणले विभेदमा पर्दै आएको सर्वविदितै छ । गर्भैदेखि विभेदमा पर्दै आएकी महिला दाईजो रुपी कालको मूखमा गएको विभिन्न कथा व्यथाहरु पनि दिनहँु सुन्नमा आई नै रहन्छ । शायदै कुनै यस्तो दिन होला जुन दिन महिला भएकै कारणले उस्को अस्मिता लुटियो भन्ने खबर पत्र पत्रिका, तथा विभिन्न रेडियो,टेलिभिजनमा आउँदैन होला तर यस देशको सरकार तथा यहाँका जनताको चुप्पिले साँच्चै नै महिलालाई प्राकृतिक सम्पदाका धनि देश नेपालले आधा आकाश र आधा धर्तिको अधिकार नदिएको भान हुन्छ । घर,परिवार तथा समाज द्धारा विभेदमा पारिएकी महिला धार्मिक नगरी जनकपुरमा धर्मकै आडमा विभेदमा पारिदैं आएकी छिन् तथा आफुलाई धर्मको रक्षक भन्ने ठेकेदारहरुले ठोस कारण नदिईकनै आफ्नो मनमौजी गर्दै आएको अब सदियौं हुन लागेको छ । हो कुरो एकदम सत्य हो , जननी अर्थात् आमा भनेर पुजिने महिला सदियौँ देखि विजयादशमी अवधि भर राजा जनकको कूलदेवी माता राजदेवीको पुजा गर्न पाएका छैनन् । विजयादशमीको घट्स्थाप्ना देखि अष्टमी सम्म माता राजदेवीको दर्शन तथा पुजापाठमा महिलालाई मात्र रोक लगाउनुको पछाडि विभिन्न खाले किंवदन्ती तथा विश्वासै नहुने खाले कथाहरु भए पनि शास्त्र र वेदमा महिला सँगको यस्तो अन्यायको सम्बन्धमा कहिं कतै उल्लेख गरिएको छैन । भनिन्छ धर्म,संस्कृति पनि वेद,पुराणकै आधार मानेर चलिआएको छ तर कुनै पनि वेद पुराणले महिलालाई दशैं अवधिभर जनकपुरको प्रख्यात राजदेवी मन्दिरमा जान रोक नलगाएको खण्डमा केहि पाखण्डी तथा मुट्ठीभर ठेकेदारहरु वेद,पुराण भन्द पनि माथि आफुलाई ठान्न् थालेका महिला अधिकारकर्मीहरुको गुनासो छ् । तीनै कुप्रथा तथा विभेद लाई हटाउन यस वर्षको दशैंमा विभिन्न संघ संस्था सँग आबद्ध महिला,नेतृ तथा अधिवक्ता रेखा झा लगायतका महिलाहरुले राजदेवी मन्दिरमा प्रवेश गर्न खोजेपछि मन्दिरका पुजारी,स्वयंसेवक तथा मन्दिर परिसर भित्रै रहेको क्लब महाविर युवा क्लबका अगुवाहरुले उनिहरुलाई मन्दिर भित्र पुजा गर्नमा रोक लगाए । धेरै बेरसम्म वादविवाद भएपनि क्लबका अध्यक्ष धर्मेन्द्र साह ,पुजारी तथा महन्थ राम गिरिले आफ्नो हठका कारण महिलाहरुलाई प्रवेश गर्न नदिनुले स्पष्ट गर्दछ कि हामी अहिले पनि सोह्र वा सत्रहौं शताब्दीमै बाँचिरहेको छौं,हाम्रो समाजले यस अन्यायलाई सहजै स्वीकार्नुको कारणले नै हामी विभेदमा पारिदैं छौं ।आश्चर्य त तब लाग्छ जब महिला जागरण अभियान नामक संस्थाले जानकी मन्दिरमा लैंगिक विभेद विषयक खुल्ला बहस गर्दा आमन्त्रणा पाएका राम मन्दिर तथा राजदेवी मन्दिरका महन्थ गिरि, आफुलाई मन्दिरका संरक्षक भनाउने महाविर युवा कमिटिका अध्यक्ष साह यस बहसमा सहभागि भएनन् अधिवक्ता झाले गुनासो गरिन् । र फोन गर्दा हामि त्यस्ता कार्यक्रममा न त सहभागि हुन्छौ न त दशैं अवधि भर महिलाको मन्दिर भित्र प्रवेश मा रोक सम्बन्धी कुनै जवाफ नै दिन्छौं भन्दै जवाफ फर्काउँछन् झाले बताईन् । अधिवक्ता रेखा झाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सँग पनि विभेद गरियो । कार्यक्रममा जनकपुर उच्च अदालतका न्यायाधिश शिवनारायण यादव प्रमुख अतिथि उपस्थित भएपनि अर्का प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दिलिप चापागाँई भने अनुपस्थित रहे,जसले जिल्लाका ठेक्का लिएर जनताका सेवा गर्नका निम्ति जनताका खुन पसिनाका कमाई खाएर रजाइँ गरिरहेका छन् । यीनै प्रमुख जिल्ला अधिकारी हुन् जो पुरुष वर्गले आयोजन गरेको सानो भन्दा पनि सानो कार्यक्रम भ्याउन देरी लाउँदैनन् उनलाई महिलाको कार्यक्रम र मन्दिर भित्रको महिलाको प्रवेश निषेधले असर पारेन । कसरी ती अधिकारीलाई हामी महिला आफुमाथि भईरहेको अन्याय,अत्याचारको लागि हारगुहार गर्न जाने जो हाम्रो कार्यक्रममा आउनै मान्दैनन्,हाम्रो समस्याको समाधानका निम्ति एक शब्द पनि बोल्दैनन् भन्दै कार्यक्रममा सहभागि एक महिला नेतृले गुनासो राखिन् । यहिँ नै प्रश्न उठ्छ आखिर प्रमुख जिल्ला अधिकारी कसको मात्र पुरुष वर्गको कि सबैको ? किन यस विषयमा केही बोल्न मान्दैनन् त ? के महिला माथि भईरहेको अन्याय,अत्याचार,हिंसा तथा विभेदलाई अन्त्य गर्न चापागाँई सक्षम छैनन् त प्रश्न पनि आउँछ । र विचारणिय प्रश्न पनि हो आखिर यस जिल्लाका प्रमुखको कुर्सीमा बस्नुभा छन् । सहभागि लगभग तीन दर्जन महिला मध्ये ५ जना पुरुष बाहेक पत्रकार पुरुषहरु पनि यस कार्यक्रमलाई विशेष महत्व नदिई सहभागिता जनाउनमा कँजुस्याई देखाएको प्रति महिलाहरुले रोष व्यक्त गरिन् । एक वा दुईजना पुरुष पत्रकारले पनि कार्यक्रम अवधि भर आफुलाई त्याहाँ टिकाई राख्न सकेनन् । तर अध्यक्ष झाले जुन चुनौती दिईन् त्यसले चैँ अवश्य फरक पार्ने छ पुरातनवादी तथा पितृसत्तात्मक सोंच भएकाहरुलाई । अधिवक्ता समेत रहेकी अध्यक्ष झाले कानूनले महिलालाइ समान अधिकार दिएको भन्दै सदियौं देखि दशैं अवधिभर माताको पुजा गर्नबाट बञ्चित महिलाहरुलाई अब प्रत्येक दिन पुजाआजा गर्न पाईने वातावरण बनाएर नै छाड्छौं प्रतिबद्धता व्यक्त गर्दै पर्यो भने हामी महिला आफ्नो अधिकारको लागि हजारौं लाखौंको संख्यामा सडकमा उत्रेर मन्दिर घेराउ गर्दै मुठ्ठीभर पुरुष तथा आफुलाई मन्दिरको संरक्षक भनाउने महाविर युवा क्लबको हाथबाट छिट्टै नै माता राजदेवीलाई उन्मुक्ति दिलाएर नै छाड्छौ कडा चेतावनि दिए । उपस्थित महिलाहरुले पनि हामी चैतै दशैंमा फेरी पनि मन्दिरमा प्रवेश गर्न आउँदैछौं रोक्न सक्छौ भने रोक्नु भन्दै खुल्ला चेतावनी दिएका थिएँ । खुशीको कुरा कि महिलाहरु आफ्नो अधिकार लिनलाई अब कसैको अनुहार हेरेर बस्नु पर्ने बाध्यता रहेनछ । शक्ति भनेर पुजिने महिलाले आफ्नो अधिकारको लागि शक्ति प्रदर्शन गरेको पनि नयाँ कुरो नभए पनि पुरुषहरुको परिक्षाको समय यही नै हो ,उनीहरुले महिलालाई सपोर्ट गर्छन् कि लैंगिक विभेद कार्यक्रम सँग भएको विभेद झैं आगामी दिनहरुमा पनि यस्तै गरिरहने छन् ? भनिन्छ नारी विना कुनै घर,परिवार,समाज वा देश अधुरो छ यस्तोमा महिला जसले १४ वर्ष आफ्नो पति सँग वनवास काट्न सक्छन् ती महिलाका लागि पुरुष वर्गले के गर्लान् त ?


यसमा तपाईको मत