• :
  • :
    • On Air
    • Kayakairan
    • Up Next
    • Mithilanchal Maithili News
ताजा समाचार

समाचार

सर्वोच्चमा अझै २४ हजार मुद्दाको चाङ, एक लाख बढी वर्ष कैद असुल्न बाँकी

मिथिलाञ्चल समाचारदाता
जनकपुरधाम,चैत्र ८ गते ।
सर्वोच्च अदालतमा झण्डै २४ हजार मुद्धाको चाङ रहेको बार्षिक प्रतिवेदनले देखाएको छ । देशभरका अदालतमा फैसला हुन बाँकी मुद्दाको संख्या भने ८९ हजार बढी छ ।
 
सर्वोच्च अदालतले सोमबार आफ्नो बाषिर्क प्रतिवेदन राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीले बुझाएको उक्त प्रतिवेदन अनुसार सर्वोच्चमा चालु आर्थिक वर्षमा ११ हजार ८३५ मुद्दा दर्ता भएका छन् ।
 
२३ हजार ३३४ गत वर्षबाट जिम्मेवारी सरेको आएको थियो । यसमध्ये ११ हजार १७५ मुद्दा अर्थात ३१। ७८ प्रतिशत मुद्दा फछर्यौट भएको छ । अब २३ हजार ९९४ थान मुद्दा बाँकी छ । अघिल्लो वर्षको तुलानामा ८।९८ प्रतिशत बढी मुद्दा फछर्यौट भएको छ ।
 
देशभरका सबै अदालतमा गरी १ लाख १८ हजार २५१ मुद्दा टुंगिएको छ भने ८९ हजार ११० मुद्दा फछर्यौट हुन बाँकी छ ।
 
सर्वोच्चको प्रतिवेदन अनुसार विभिन्न फैसलामा गरेर एक लाख ९ हजार ३०४ वर्ष ५ महिना कैद असुल गर्न अझै बाँकी देखिएको छ । यो आर्थिक वर्षमा ३४ हजार ८९ वर्ष २ महिना २८ दिन कैद असुल भएको छ । 
यस्तै ५ अर्ब ९५ करोड ५४ लाख १० हजार २७५ रुपैयाँ जरिवाना असुल भएको छ । असुल हुन बाँकी जरिवाना ११ अर्ब ३६ करोड ५४ लाख १८ हजार १०६ रुपैयाँ छ ।


यसमा तपाईको मत