• :
  • :
    • On Air
    • Mithilanchal Vishesh
    • Up Next
    • Mithilanchal News

समाचार

निर्वाचन बहिष्कार गर्ने मधेसी मोर्चाको निर्णय, आउँदो नयाँ बर्षमा पार्टि एकिकरण हुने दाबि

निर्वाचन बहिष्कार गर्ने मधेसी मोर्चाको निर्णय, आउँदो नयाँ बर्षमा पार्टि एकिकरण हुने दाबि
मिथिलाञ्चल समाचारदाता
चैत्र ३०गते ,जनकपुरधाम ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन विधेयकको नयाँ प्रस्ताव पुरानो प्रस्तावभन्दा पनि पछाडि फर्केको आरोप लगाउँदै स्थानीय चुनावमा सहभागी नहुने निर्णय गरेको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालय बिजुलीबजारमा बसेको बैठकले हिजो मंगलबार सरकारले संसदमा पेस गरेको विधेयकले मोर्चाको मुख्य माग सीमांकन लगायत माग सम्बोधन नगरेको, पुरानो विधेयकमा उल्लेखित नागरिकता, राष्ट्रिय सभा, भाषाको विषय परिमार्जन नगरिएको भन्दै यो विधेयकको स्वामित्व नलिने निर्णय गरेको हो । सरकारले यो विधेयक मोर्चासँगको समझदारीमा ल्याएको दाबी गरे पनि मधेसवादी घटकहरुले त्यो कुरा अस्वीकार गर्दै मोर्चा शीर्ष नेता र सत्तारुढ दलबीचको कार्यदलमा भएको समझदारीभन्दा विधेयकमा फरक देखिएको मोर्चाले ठहर गरिएको तमलोपा सहमहामन्त्री सुरेन्द्र झाले बताए । र, बैठकले निर्वाचनको विरोधमा प्रदर्शन लगायत आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । 
आजको बैठकमा सात घटक मधेसवादीमध्ये ६ दलका अध्यक्ष सहभागी थिए । राष्ट्रिय मधेय समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी भने उपत्यका बाहिर छन् ।  त्यस्तै फोरम गन्त्रान्त्रीक अध्यक्ष राजकिशोर यादब मिथिलाञ्चल एफएम १०५ मेगाहर्ज बाट दैनिक रात्री कालीन प्रस्तुती कार्यक्रम दलानमा कुराकानी गर्र्दै आउँदो नायाँ बर्षमा मोर्चा आबद्ध सम्पूण दल एकजुट भएर पार्टि एकिकरण हुने दाबि गर्दै एकताबद्ध भएर आन्दोलन गर्ने चेताबनी पनि दिनुभयो । 
 


यसमा तपाईको मत