• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

महोतरीमा मोर्चा द्धारा एमाले अध्यक्ष कुटियो

दिपक कुमार पाण्डेय 
चैत्र ३१ ,जनकुरधाम । 
 
महोत्तरीमा नगर स्तरिय कार्यक्रम गरिरहेकोे एमाले अध्यक्ष सहित दर्जनौ नेता तथा कार्यकर्ता मोर्चाको कार्यकर्ता द्धारा कुटिएका छन । एमाले महोत्तरीले जलेश्वर  ९ फुल्हटटामा कार्यक्रम गरिरहेको थाहा पाएर कार्यक्रम बिथोल्न  पुगको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यक्रताहरुले धक्कामुक्की गर्दै दर्जन जति कुर्सी समेत तोडफोड गरेको छ ।
मोर्चाको पुर्व निर्धारित कार्यक्रम अनुसार जलेश्वरमा मोटरसाईकल सहित निकालिएको र्यालीको समाप्ती पश्चात एमालेको नगर स्तरिय  कार्यक्रम हुदैछ भन्ने खवर पाएर सो स्थल पुगेको मोर्चाका सयौको संख्यामा रहेको मोटरसाईकल सवार नेता तथा कार्यकर्ताले एमालेका नेता तथा कार्यकर्ताहरुसंग धक्कामुक्क्ी गर्दै कार्यक्रम बिथोलेको हो ।
यता एमाले महोत्तरी अध्यक्ष जामुन मण्डलले आफ्नो कार्यक्रम सम्पन्न भैसकेपछि मोर्चाका कार्यकर्ताहरु पुगेको र सामान्य वादविवाद मात्र भएको बताए । उनले आफु लगायत कुनै पनि नेता तथा कार्यकर्ता माथी हातपात नभएको बताए । त्यस पश्चात घटना स्थलमा प्रहरी पुगेर एमालेका नेता तथा कार्यकर्ताहरुलाई सो स्थानबाट निकालेको  प्रहरीले  जनाएको छ ।
 


यसमा तपाईको मत