• :
  • :
    • On Air
    • Kayakairan
    • Up Next
    • Mithilanchal Maithili News
ताजा समाचार

समाचार

धनुषामा सुस्त गतीमा चुनाबि चहलपहल देखिदैँ

दिपक कुमार पाण्डेय
चैत्र ३१ ग्ते, जनकपु्रधाम ।
स्थानीय तहको निर्वाचनलाई लिएर देशभर चुनावी सरगर्मी बढे पनि जनकपुरमा भने त्यसको धेरै प्रभाव देखिएको छैन । प्रमुख दलहरू कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत पार्टीहरूले आन्तरिक रूपमा चुनावको तयारीमा लागेका छन् । तर, मधेसी मोर्चा तथा अन्य साना दलमा भने चुनावी रौनक देखिएको छैन । कांग्रेस, एमाले र माओवादी केन्द्र भने चुनावको लागि जिल्ला तथा क्षेत्रीय बैठक गरी चुनावी माहोल बनाउन कार्यकर्ता परिचालनमा जुटेका छन् । कांग्रेस धनुषाका सभापति रामसरोज यादवले साविकको सात वटै निर्वाचन क्षेत्रका गाउँपालिका, नगरपालिका तथा उपमहानगरपालिका वडा बैठकहरू सम्पन्न भइसकेको बताए ।
त्यस्तै, एमालेको पनि आन्तरिक रूपमा गाउँ, नगर तथा उपनगरपालिकामा सम्भावित उम्मेदवार तय गर्न लागिपरेको छ । पार्टीका धनुषा अध्यक्ष राजकिशोर यादवले वडा, नगर तथा गाउँपालिकाहरूमा पहिलो चरणको वैठक सम्पन्न भइरहेको र सबै तहको सम्भावित उम्मेदवारहरूको छनोट भइरहेको बताए ।
जिल्लाका १७ वटै स्थानीय तहको निर्वाचनको लागि केन्द्रीय स्तरका नेताको जिम्मेवारी दिएको माओवादी केन्द्र धनुषा प्रत्येक निकायका चुनाव परिचालन समिति गठनको क्रममा छ । पार्टीका जिल्ला अध्यक्ष झलकु यादवका अनुसार चुनाव परिचालन समितिले सम्भावित उम्मेदवारहरूको खोजीमा सक्रिय छ ।
तोकिएको मितिमा चुनाव हुने कुरामा अन्योल कायम रहे पनि कांग्रेस धनुषामा महत्वकांक्षीको नाम धेरै छ । पार्टीका नेता कार्यक्रतादेखि व्यापारी, युवा क्लबका अध्यक्षसम्म कांग्रेसबाट मेयरको टिकट पाउने कसरतमा छन् । पार्टी स्रोेतका अनुसार जनकपुर उपमहानगरपालिका नगर अध्यक्ष मनोज साह, जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मल चौधरी, श्याम साह, दिगम्बर राय, रामानन्द युवा क्लबका पूर्वअध्यक्ष जीवनाथ चौधरी, किशोरी साहलगायत एक दर्जनभन्दा बढी व्यक्ति उम्मेदवारका आकांक्षी देखिएका छन् । यो संख्या अझ बढन सक्ने देखिएको छ ।
यसै गरी एमाले धनुषा पनि बलियो उम्मेदवारको खोजीमा छ । पार्टीले प्रत्येक वार्डदेखि नगरपालिकासम्मका लागि सम्भावित उम्मेदवारको नाम तयारमा जुटेको छ । एमालेमा पनि आकांक्षीको संख्या धैरे भएकोले व्यवस्थापनमा पार्टीलाई समस्या देखिएको छ । अहिलेसम्म देखिएको आकांक्षीमा सुरेन्द्र राय, प्रिती गुप्ता, राजकिशोर चौधरी, संयोगिता साह, पल्टीदेवी महरा, जुली महासेठको नाम चर्चामा छ । तर, महासेठको नाम जनकपुर उपमहानगरपालिकाको मतदाता नामावली लिस्टमा नरहेकोले उनी उम्मेदवारी दिन नसकिने बताइएको छ ।
माओवादी केन्द्र धनुषाले वडादेखि उपमहानगरपालिकासम्ममा चुनाव परिचालन समिति गठन गरेको छ । चुनाव परिचालन समिति बनाएसँगै पार्टी बलियो उम्मेदवारको खोजीमा छ । माओवादीलाई पनि धेरै आकांक्षी भएका कारण टुंगो लगाउन समस्या देखिएको छ । अहिलेसम्म देखिएको नाममा कामेश्वर साह, फुलगेन साह, अम्बिका यादवलगायत छन् । यता मधेसी मोर्चाका घटक दल सतभाबना पार्टिक  धनुषाका अध्यक्ष संजय सिँह मिथिलाञ्चल एफएमसँग १०५ मेगाहर्ज सँग कुराकानी गर्दै संविधान संसोधन नभएसम्म चुनाव नहुने बताएका छन् । उनले अन्यदल चुनावको तयारी गरिरहँदा मधेसको माग सम्बोधन नभएसम्म चुनाव हुन नसक्ने बताएका छन्
 


यसमा तपाईको मत