• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

घरेलु मदिरा सेवनबाट महोतरीमा एकको मृत्यु,खुलेआम रुपमा मदिरा विक्री भएपनि स्थानिय प्रशाासन अनभिज्ञ

घरेलु मदिरा सेवनबाट महोतरीमा एकको मृत्यु,खुलेआम   रुपमा मदिरा विक्री भएपनि स्थानिय प्रशाासन अनभिज्ञ
दिपक कुमार पाण्डेय 
बैशाख ४गते ,जनकपुरधाम
महोत्तरीमा अध्यधिक मदिरा सेवनले एकजनाको मृत्यु भएको छ । औरही गाँउपालिकामा ३ का २८ बर्षिय रामउमेद यादव राती अध्यधिक मात्रामा घरेलु मदिरा सेवन गरि सुतेकोमा सोमवार विहान ओछयानमा मृत फेला परेको प्रहरीले बताए । स्थानियहरुले समेत उनी अध्यधिक मात्रामा मदिरा सेवन गर्ने गरेको आईतवार समेत अत्यधिक मात्रामा मदिरा सेवन गरेको बताए । मृतक यादवको शरिरमा कहि चोट पटक नलागेको, पेट फुलेको, नाकबाट रगत आएको र मुखबाट मादक पदार्थको गन्ध आएको प्रारम्भिक अनुसन्धानबाट देखिए पनि मदिरा सेवनले नै मृत्यु भएको हो अहिल्यै भन्न नमिल्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित प्रमुख नायव प्रहरी उपरिक्षक दिपक पोखरेलले बताए । उनले पोष्टमार्टमको रिपोर्ट नआएसम्म मृत्युको कारण भन्न नसकिने बताए । मृतक यादवको शवलाई पोष्टमार्टमको लागि जलेश्वर ल्याईएको प्रहरीले जनाए । मृतकलाई विगतमा धेरै पटक लागु औषध सेवनकै कारण पक्राउ समेत गरिएको गौशाला प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरिक्षक शम्भु पोखरेलले बताए । गत असारमा महोत्तरीको सहसौलामा लोकल मदिरा खाएर पाच जनाको मृत्यु भएपछि लोकल मदिरा नियन्त्रण गर्न प्रहरीहरु  भटटी नष्ट गर्ने अभियान चलाएका थिए  । तत्कालिन प्रहरी उपरिक्षक जनक भटटराईको निर्देशनमा महोत्तरीलाई घरेलु मदिरा रहित बनाउने अभियान अन्तर्गत ४१ भटटीसंगै ४ हजार ७ सय लिटर तयार मदिरा तथा २१ हजार ५३५ लिटर कच्चा पदार्थ नष्ट गरिएको थियो । जिल्लाके धर्मपुर , मटिहानी, सरपल्लो ,गोनरपुरा,जलेश्वर,बर्दिवास,रामगोपालपुर,गौशाला,पिपरा,प्रकौली तथा नेपाल भारतको सिमावर्ती क्षेत्रहरुमा अझै खुल्ला रुपमै घरेलु मदिराहरु विक्री वितरण र उत्पादन भईरहेको त्यहाका स्थानियहरुले बताए । उनीहरुले प्रहरीकै अगाडी विक्री वितरण गरेपनि मासिक रुपमै प्रहरीले पैसा लिने गरेका मदिरा विक्री वितरण र उत्पादनमा कुनै अवरोध नगर्ने गरेको बताए । गत आर्थिक वर्षमा महिला हिंसाका जम्मा ३०४ घटना महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएकोमा सो मध्ये ३३ वटा घटना मदिरा सेवन गरि कुटपिट गरेको मात्र रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । त्यसतै मदिरा सेवनले यस आर्थिक वर्ष मै जिल्लाको वसविटटीमा ५ र मझौरा विशनपुरमा एक जना गरि ६ जनाको मृत्यु भएकोमा समेत मदिरा नै मुख्य देखिएकोले सो को व्यवस्थापन र नियन्त्रण अति आवश्यक रहेको भन्दै ईन्सेक महोत्तरी प्रतिनिधी अजय साहले मदिरा नियन्त्रण र व्यवस्थापनका लागि राजनितिक दल,नागरिक समाज,महिला अधिकारकर्मी र संचारकर्मी सवैको तर्फबाट पहल हुनु पर्ने बताए । नेपालमै ६५ प्रतिशत पुरुष र ५ प्रतिशत महिलाले मदिरा सेवन गरिरहेको विभिन्न तथ्यांकले जनाउछ भने स्वाथ्य उपचारको लागि महोत्तरीमै दैनिक सरदर २० जना मदिराकै कारण विरामी भई अस्पताल उपचार गराउन आउने गरेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीसंग तथ्यांक छ ।
 


यसमा तपाईको मत