• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Nepali News

समाचार

जनकपुरको एतिहासीक पोखरी गंगासागरमा डुबेर एक जनाको मृत्यु

दिपक कुमार पाण्डेय वैशाख ४ गते, जनकपुरधाम । जनकपुरको एतिहासीक पोखरी गंगासागरमा पौडी खेल्ने क्रममा डुवेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा जनकपुर उपमहानगरपालिका ५ पेठिया बजार बस्ने वर्ष ४० का संजय राउत रहेको प्रहरीले जनाएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार तीन जना मादक पदार्थ सेवन गरी पौडी खेल्न हाम फाल्दा एक जनाको डुवेर मृत्यु भएको हो । राउतको शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको धनुषाको प्रहरी उपरीक्षक लालमणि आचार्य मिथिलाञ्चल एफएम लाई जानकारी दिए ।

यसमा तपाईको मत