• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

आर्थिक रुपले आत्म निर्भर बन्न चुरा बनाउने तालिम लिदैछिन मुसलिम महिला

मिथिलाञ्चल समाचारदाता वैशाख ५ गते जनकपुरधाम । महोत्तरीका महिलाहरु आर्थिक रुपले आत्म निर्भर हुन चुरा बनाउन सिक्दैछिन । महिला तथा बालबालिका कार्यालय महोत्तरीको सहयोगमा उनीहरु १५ दिने चुरा(लाहाको चुरा) बनाउने तालिममा सहभागि भएकि हुन । एकडारा गाउँपालिका ३ भटौलियाकि ३० वर्षिया वसीरा खातुनको अक्षरसंग भेट भएको छैन र आर्थिकरुपले समेत उनी विपन्न छिन । तिन सन्तानकि आमा वसीरासंग गाईवस्तुका साथै राम्रो घर समेत छैन । श्रीमान कपडा सिउने पेशामा भएपनि श्रीमानकै कमाईले घरपरिवार चलाउन समस्या परिरहेको वेला यहि चुरा बनाउने तालिमले आफुलाई आर्थिक रुपले आत्म निर्भर हुने बाटो देखाई दिएको उनी बताउछिन । उनी थप्छिन गाँउ घरमा महिलाहरुले तालिममा जान थालेछेस भक्ता धेरै पाउछ्यौ होला नि भन्छन तर आफु भक्ता पकाउन नभई गुण सिक्न र सो सिकाईले आफै चुराको पसल थाप्न सक्षम हुन जाने गरेको जवाफ दिने गरेको बताउछिन । उनी जस्तै जलेश्वर नगरपालिका,एकडारा गाँउपालिका,धिरापुर गाँउपालिकाका २५ जना महिलाहरु सोहि चुरा बनाउने तालिममा सहभागि भएकि हुन । तालिममा सहभागी सवै महिलाको आर्थिक अवस्था उस्तै छ । तालिमकि प्रशिक्षक शैल देवी पासमान समेत महिलाहरुलाई आर्थिक रुपले आत्म निर्भर बनाउन पाउदा आफुलाई नै गौरव अनुभुति भएको बताउछिन । उनी तालिममा आएका महिलाहरु एकाग्रताका साथ सिक्ने गरेकोले हाम्रो गाँउ समाजमा आर्थिक परिवर्तन ल्याउन यिनीहरुको महत्वपुर्ण भुमिका हुने बताईन । त्यसतै तालिमको आयोजक संस्था मुसलिम विकास तथा कल्याण समितिका अध्यक्ष मो.अख्तर रेजा अंसारी भन्छन “हाम्रो गाँउ समाजमा मुसलिम महिलालाई घरबाट निस्कन गार्हो छ । सामाजिक मुल्य र मान्यताकै कारण मुसलिम महिलाहरु आत्म निर्भर भई परिवारमा आर्थिक हिस्सेदारी गर्न सकिरेकि छैनन । हामीले मुसलिम महिलालाई घरबाट निकालेर परिवारमा आर्थिक हिस्सेदार बनाउन प्रयास मात्र गरेका छौ । महिला तथा बालबालिका कार्यालय महोत्तरीकी अधिकृत नितु दुवे भन्छिन हामीले चुरा बनाउने तालिम मात्र नभई व्याग बनाउने,व्युटिसियन,फुल खेती,गाईपालन र बाख्रा पालन समेतका तालिम दिने गरेका छौ । उनी महिलाहरुको शिप अभिवृद्धी गरि उनीहरुलाई आर्थिक रुममै आत्म निर्भर बनाउन भने हामीले प्रयास थालेको बताउछिन । महिला शसक्तीकरणसंगै महिलामाथी हुने हिंसाहरु न्युुन हुने भएकोले महिलाहरुलाई आर्थिक रुपमा शसक्त गरेर हिंसा न्युनिकरण गर्न लक्ष महिला तथा बालबालिका कार्यालयको लक्ष्य नै रहेकोले यस्ता तालिमलाई प्रोत्साहन गरेको अधिकृत दुवे बताउछिन । महोत्तरीमा महिला हिंसाको घटनाहरु बढ्दो क्रममा छ यसलाई न्युन गर्न यस्ता तालिमले भने सघाउने उनी बताउछिन । महिलाको अर्थमा पहुच नहुदा उनीहरु श्रीमान वा परिवार कै भर पर्नु परेको अवस्थामा श्रीमान वा घरपरिवारका अन्य सदस्यले महिलालाई होच्याउने,दवाउने कार्यहरु गर्ने गरेको अत्यधिक देखिएकोमा महिलाको अर्थमा पहुच बढाउन सके यस्ता घटनाहरु समेत न्युन हुने उनको तर्क छ ।

यसमा तपाईको मत