• :
  • :
    • On Air
    • Kayakairan
    • Up Next
    • Mithilanchal Maithili News

समाचार

मोर्चाद्धारा महोत्तरीमा पनि निकालियो बिशाल मसाल जुलुस

दिपक कुमार पाण्डेय बैशाख ५, गते जनकपुरधाम । महोत्तरीको सदरमुकाम लगायत गाउँगाउँमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पुर्व निर्धारित कार्यक्रम अनुसार मसाल जुलुस निकालेका छन । संबिधान संसोधन बिना चुनाव हुन नदिने अडान लिएको मोर्चाले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रमको पहिलो दिन खवरदारी स्वरुप मसाल जुलुस निकालेको हो । निर्वाचनको कुनैपनि काम अगाडी बढन नदिने भन्दै मोर्चा आवद्ध नेताहरुले आगामी दिनमा आन्दोलन शसक्त हुदै जाने बताए । मोर्चा आवद्ध तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अभिराम शर्मा र सदभावना जिल्ला अध्यक्ष रामबावु साह तथा केन्द्रिय तथा जिल्ला स्तरिय नेताहरुले महोत्तरीमा संसोधन विना निर्वाचन गराउन खोज्नु भन्दा पहिले आफुहरुलाई सिध्याउनु पर्ने बताए । उनीहरुले आफुहरुको शरिरमा प्राण रहेसम्म संसोधन विनाको चुनाव जुनसुकै हालतमा समेत हुन नदिने बताए । त्यस्तै महोतरीको परौलमा नरेन्द्र यादबको अध्यक्ष्तामा युवाहरुको समूहले २१ सदस्यि आन्दोलन संघर्ष समिती गठन गरेको छ । आज बेलुका करीब ६ बजे तमलोपा नेता मनोज यादबको संयोजकत्वमा जिल्लाको बलबा ,परौल,बदिया बनचौरी, बनौटा,धमौरा लगायत गाउँहरुमा बिशाल मसाल जुलुस निकालीएको जनाइएको छ । भने आउँदो बैशाख ७ गते जिल्लाका मतदान केन्द्रहरुमा बिरोध स्वरुप सिटि तथा लाठि जुलुस पर्दशन गर्ने नेता यादबले जानकारी दिएका छन् ।

यसमा तपाईको मत