• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

महोतरीमा स्थानिय निकायको चुनावमा केहि तयारी केहि अन्यौलता

दिपक कुमार पाण्डेय बैशाख ८गते , जनकपुरधाम । स्थानिय निकायको चुनावको जम्मा २१ दिन बांकि रहदा महोत्तरीमा केहि चुनावी तयारी भएको छ भने अझै चुनाव हुने वा नहुने विषयमा स्थानियहरुमा अन्यौलता कायम रहेको छ । महोत्तरीमा निर्वाचन कार्यालयमा दर्ता रहेका २९ दल मध्ये नेपाली काँग्रेस,एमाले,माओवादी केन्द्र र राप्रपा लगायतका दलहरु चुनावी तयारीमा रहदा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा(हाल राष्ट्रिय जनता पार्टी)को पुर्व घोषित आन्दोलनको कार्यक्रमले चुनाव हुने वा नहुनेमा स्थानिय जनताहरु अन्यौलतामा छन । ३ लाख १३ हजार ३५७ मतदाता रहेको महोत्तरीमा विरोधका कार्यक्रमहरु चलिरहदा चुनावकै सुरक्षा दिन स्थानिय प्रसासनलाई भने हम्मे हम्मे पर्ने स्थानियहरु बताउछन । गैढाभेटपुर निवासी किशोर यादवका अनुसार देशमा चुनाव अतिआवश्यक रहेपनि वर्तमान अवस्थामै चुनाव गराउदा चुनावको उदेश्य पुर्ति नहुने बताउछन । उनी हथियारको दवावमा गराईने चुनाव र सर्वसाधारणले हर्सोल्लास पुर्वक भाग लिने चुनावमा फरक नतिजा आउने भएकोले सरकारले थोरै मिति सारेर सवैलाई समेटेर नै चुनाव गराउनु उपयुक्त हुने बताउछन । एमालेलाई बाधा ः २१ दिन मात्र बांकि रहेको स्थानिय निकायको चुनावको प्रचार प्रसारमा एमालेलाई निक्कै कठिनाई भएको छ । एमाले राष्ट्रिय अध्यक्ष केपी ओलीको मुखबाट वेला वेलामा निस्कने मधेश र मधेशी प्रतिको हिन भावना र वाक्यले एमालेका स्थानिय नेताहरुलाई तराई मधेशमा निक्कै गार्हो भएको एमालेकै स्थानिय नेता तथा कार्यकर्ताहरुले स्विकार्ने गरेका छन । उनीहरुले अन्य दलहरुले प्रचार प्रसार गरिरहदा मोर्चाले कुनै रोकटोक नगरेपनि एमालेले जिल्लाकै सुदुर वस्तीमै गएर पार्टीगत कार्यक्रम गर्न खोज्दा मोर्चाले सो विथोल्नुका साथै हातपात र तोडफोड गर्न समेत पछि नपर्ने उनीहरु दुखेसो पोख्छन । यता निर्वाचनमा क कसले टिक पाउने अझै स्पष्ट नभएको तर जलेश्वर नगरपालिका प्रमुखको लागि माधव मण्डल,गोपाल महतो र मनोहर महतोको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष जामुन मण्डलले बताए । काँग्रेसमा टिकटको लागि भिडन्त ः नेपाली काँग्रेसको महोत्तरीमा पकड राम्रो रहेसंगै टिकटका आकांक्षी समेत धेरै रहेकोले टिकटकै लागि भिडन्त हुने देखिएको छ । जलेश्वर नगरपालिकामै अशोक साह,शम्भु पाठक,ईश्वर नारायण पाण्डेय लगायत करिव ७ जना आकांक्षी रहेको बुझिएको छ । त्यसतै बर्दिवासमा महेश झा,प्रल्हाद क्षेत्री र चिरन्जीवी हमाल समेतको नाम चर्चामा रहेको छ भने गौशाला नगरपालिकामा मनु अधिकारी,राम श्रेष्ठ महतो चर्चामा छन । उपाध्यक्ष,वडाअध्यक्ष लगायतका उम्मेदवारको नाम भने चर्चामा छैन । टिकटको छिनोफानोको लागि हाल पार्टी सकृय भएको र चाडै उम्मेदवारको घोषणा भई सक्ने नेता राम चन्द्र तिवारीले बताए । उनले मधेशको मांग सम्बोधन गरि सवैपक्षलाई समेटेर लगिए चुनावले सार्थकता पाउने र जनताले समेत राहत पाउने बताए । उनले समेत चुनावको मिति नजिकिदा अझै वातावरण बन्न सहज नभएकोमा चुनाव नै नहुने हो वा दुई चरणमा हुने हो भन्ने अन्यौलता कायम रहेको बताए । माओवादी केन्द्रमै आकांक्षी धेरै ः चुनावको तयारीमा सवैभन्दा सकृय पार्टीको रुपमा माओवादी केन्द्र देखिएको छ । चुनावी तैयारीकै क्रममा महोत्तरीका गाँउ । हाल जलेश्वर नगरपालिकामा अरविन्द साहमनोज साह,विश्वनाथ लाल,रामआधार कापरको नाम चर्चामा देखिएको छ । त्यसतै बर्दिवास नगरपालिकामा राजु खडका र विदुर कार्की टिकटका आकांक्षी भएर उभिएका छन । गौशालामा भने शिवनाथ महतो(भोला) र विजय साह समेत चर्चामा छन । राष्ट्रिय जनता पार्टीको तयारी ः प्रमुख तिनै दल चुनावी तयारीमा रहेको वेला विपक्षमा भने राष्ट्रिय जनता पार्टी उभिएको छ । विहिवारमात्र मोर्चाका ६ घटक दल विच एकिकरण भई बनेको पार्टीले संसोधन विनाको चुनाव हुनै नदिने अडान अनुरुप विहिवार समेत सदरमुकाम लगायतको स्थानमा लाठी जुलुस निकालेको हो । हाल विरोधका कार्यक्रमहरु साधारण रुपमै गरिरहेको पार्टीले वैशाख १५ र १६ गते निर्णायक आन्दोलनकै रुपमा शसक्त रुपमा उत्रिने पार्टीका नेताहरुले अभिव्यक्ति दिने गरेका छन । पार्टीले नोमिनेशन गर्न आउने हरुलाई पार्टीको विरोधको सामना गर्न तयार रहन समेत अपिल गरे ।

यसमा तपाईको मत