• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

भेली देखि हुनलागेको कक्षा १२को परीक्षामा महोतरीको सवै परीक्षाकेन्द्रमा महिला केन्द्राध्यक्ष न्युतm

भेली देखि हुनलागेको  कक्षा १२को परीक्षामा महोतरीको सवै परीक्षाकेन्द्रमा  महिला केन्द्राध्यक्ष न्युतm
दिपक कुमार पाण्डेय
बैशाख ९ गते ,जनकपुरधाम 
 
राष्ट्रिय परीक्षा वोर्डले वैशाख १० गते आईतवार देखि संचालन गर्न लागेको कक्षा १२ को परीक्षामा महोत्तरीमा तोकिएको दशवटै केन्द्रमा महिला केन्द्राध्यक्ष नियुक्त गरिएको छ । । शिक्षा ऐनको आठौं संशोधनले विद्यालय शिक्षाको संरचनामा गरेको परिवर्तन पश्चात हुन लागेको यो परीक्षा माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा हो । यस अघि कक्षा १० मा हुँदै आएको माध्यामिक शिक्षाको अन्तिम परीक्षा ’एसएलसी’ ऐन संशोधन भएसँगै यो बर्ष देखि कक्षा १२ मा हुन थालेको हो ।
 
सवैलाई शिक्षाको मुलधारमा ल्याउन र महिलालाई शिक्षामा झनै उत्तरदायी बनाउन महिला केन्द्राध्यक्ष राखिएको राष्ट्रिय परीक्षा वोर्ड कार्यालय जनकपुरका प्रमुख चुडामनी फुयाल बताउछन । उनी महिला केन्द्राध्यक्षले पाएको यस अवसरको लाभ लिई महिलाले सफलता पुर्वक परीक्षा संचालन गरी देखाउने मौका रहेको बताए ।
कुल दुई हजार तिनसय पन्चान्वे परीक्षार्थी रहेको महोत्तरीमा प्रत्येक विस विद्यार्थीमा एक निरिक्षक र प्रत्येक केन्द्रमा १२ वा आवश्यक्ता अनुसार सुरक्षाकर्मी खटाईने जिल्ला शिक्षा अधिकारी ठुलोबावु दाहालले बताए । उनले प्रजिअको नेतृत्वमा प्रभावकारी अनुगमन गरिने बताए ।
तोकिएका परीक्षा केन्द्र र केन्द्राध्यक्ष ः
 
केन्द्रको नाम                                                       केन्द्राध्यक्षको नाम
श्री देउराली मा.वि.बर्दिवास                                    रोजी फुयाल
श्री जनता मा.वि.बर्दिवास                                       सानी माया पुलामी
श्री त्रिभुवन मा.वि.गौशाला                                     राधा साह
श्री प्रसाद सिंह मा.वि.औरही                                 रमाशर्मा ढकाल
म.रा.मा.वि. रामगोपालपुर                                   डिमला जर्घा
श्री योग कुमार मा.वि. बलवा                                शान्ति अधिकारी
श्री दुर्गा मा.वि. मनरा                                            सीमा ठाकुर
श्री मा.वि. एकडारा बेला                                            रंजु देव
श्री ल.च.मु.मा.वि. जलेश्वर                                       अन्जना ठाकुर
श्री रा.ना.अ.मा.वि. पिपरा                                     कविता महतो
 

के भन्छन महिला केन्द्राध्यक्ष ः

श्री मा.वि. एकडारा बेला कि केन्द्राध्यक्ष रंजु देवले यो महिला शिक्षकको लागि राम्रो गरेर देखाउने सुनौलो अवसर रहेको बताउछिन । उनी विभिन्न क्षेत्रमा महिलाले उत्कृष्ट गरिरहेकोमा शिक्षामा समेत महिलालाई मौका मिलेकोमा हामी पुर्ण रुपमै सक्षम रहेको देखाउन तयार रहेको बताउछिन ।
रुष्ट छन फ्रन्टहरु ः
 
शिक्षकहरुको विभिन्न संघ संगठन र फ्रन्टहरु महिलाालाई केन्द्राध्यक्ष बनाएकोमा शिक्षा कार्यालय र परीक्षा समन्व्य समितिसंग रुष्ट छन । दशवटै केन्द्रका प्रधानाध्यापक तथा शिक्षकको फ्रन्ट  र संगठनले लिखित रुपमै परीक्षा समन्व्य समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवलाई ज्ञापनपत्र बुझाएका थिए । विरोध स्वरुप एक दिन विद्यालय समेत बन्द गरिएको ल.च.मु.मा.वि. जलेश्वरका प्रधानाध्यापक संजिव झा ले बताए । उनले महिला केन्द्राध्यक्षहरुलाई परीक्षा संचालन सम्बन्धी अनुभव नरहेको र यो निर्णय निर्देशिकाको विपरीत समेत भएको बताए ।
परीक्षामा देशभर ३ लाख ५३ हजार १२ परीक्षार्थी सहभागि हुने छन् । उनीहरुका लागि ९ सय ९० परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ । परीक्षामा सहभागि हुने मध्ये १ लाख ७६ हजार ६ सय १२ छात्र र १ लाख ७६ हजार ४ सय छात्रा छन् । कक्षा १२ मा कूल ९८ वटा फरक फरक विषयको परीक्षा हुने छ ।
वैशाख १० गते देखि २२ गतेसम्म विहान ७ बजेदेखि संचालन हुने परीक्षाको अवधिभर कुनै पनि किसिमका बन्द हड्ताल, नगरी भयरहित वातावरणमा परीक्षा सञ्चालन गर्न दिन सबै राजनीतिक दल तथा तीनका भात्रृ संगठनलाई आग्रह गरिएको छ  ।  यता नेपालमा स्थानिय निकायको चुनाव समेत रहेको र चुनावमा मोर्चाले विरोधका कार्यक्रमहरु समेत चलाईरहेकोमा परीक्षा प्रभावित हुन सक्ने समेत आकंलनहरु गरिएको छ ।
 


यसमा तपाईको मत