• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

धनुषाधाम वनमा छोडीएको किंगकोबरा भयानक बन्दै , सर्प हेर्न सर्बसधारणहरुको घुइचाँे

धनुषाधाम वनमा छोडीएको किंगकोबरा भयानक बन्दै , सर्प हेर्न सर्बसधारणहरुको घुइचाँे

दिपक कुमार पाण्डेय

बैशाख ९ गते ,जनकपुरधाम ।

जनकपुरबाट १५ किलोमिटर उत्तरमा रहेको धनुषा जिल्लाको धनुषाधाम वनमा ८ फिट लामो किंग कोबरा सर्प  दिन प्रती दिन भयानक बन्दै गइरहेको छ । र सर्प हेर्न दैनिक सयौं सर्वसाधारणको भिड लाग्ने गर्दछ । तराईका जंगलहरुबाट लोप हुदैं गएको अतिनै विशालु तथा दुर्लभ किंग कोबराले गर्दा सो वन क्षेत्रनै प्रसिद्ध भएको छ । 
धार्मिक महत्वकोे स्थान रहेको धनुषाधाम वनक्षेत्रमा वन कार्यालयले सुरक्षित पिजडा बनाई राखेको ८ किलो ७ सय ग्राम तौल भएको किंग कोबरा हेर्नका लागि टिकटको समेत व्यवस्था गरिएको छ । १० रुपैंयाको टिकट लिएर सर्प हेर्नका लागि प्रतिदिन २ सयदेखी ३ सय सम्म मान्छे आउने गरेको वन रक्षक ललित यादवले बताए । जंगलमा फेला परेको किंग कोबरालाई सर्प संरक्षण अभियानका सदस्यहरुले पक्राउ गरि धनुषाधाम वनमा पुर्याएका थिए । गत असोज १ गते वनमा ल्याईएको सो सर्प अतिनै आकर्षक रहेको र यसलाई नाग देवताको रुपमा समेत मानेर सर्वसाधारणहरुले धार्मिक आस्थाबाट अभिप्रेरित भएर पनि हेर्न आउने गरेको वन कार्यालयका कर्मचारीहरुले बताए । सर्पलाई ल्याईएदेखी त्यसको संरक्षण, खानपान र हेरचाहमा लागेका वनरक्षक यादवले एक पटकमा ५ किलो सम्मको अन्य सर्पहरु र मासु खाने गरेको र त्यसपछि एक महिनासम्म भोकै बस्ने गरेको बताए । सर्प हेर्न आउने मान्छेहरुको संख्या बढ्दै गएपछि आफूहरुले टिकट सिस्टम बनाएको र अहिले त्यो रकम बैंकमा खाता खोली संकलन गर्ने काम भईरहेको जानकारी गराईएको छ । 
धनुषाधाम वनक्षेत्र तीनवर्षअघिसम्म अतिक्रमणको चपेटामा परेर उजाडिएको थियो । तर, पछिल्लो समय स्थानीयवासीहरुको प्रयासले सो वनक्षेत्र संरक्षित वनको रुपमा विकसित हुदैं गएको छ । ऐतिहासिक एवं पुरातात्विक महत्वको धार्मिक स्थलामा रहेको वनभित्र जथाभावि हुदैं आएको खोरिया फँडानी, चरिचरन र घांस दाउरा संकलन लगायतको कार्य स्थानीय बासिन्दाको अग्रसरतामा निषेध गरिएपछि पहिले उजाड रहेको वनको स्वरुप फेरिदैं गएको छ । 
त्रेतायुगमा आयोध्याक राजा दशरथको  छारो मर्यादा पुरषोत्म भगबान श्री राम र जनकपुत्री जानकीसँगको विवाहअघि भगवान् रामले भाँचेको धनुषको तीन टुक्रामध्ये एक भाग धनुषाधाममा रहेको जनविश्वास छ । तीन सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको यस वन क्षेत्रमा रहेका पोखरीहरुलाई व्यवस्थीत गरेर पशुपंक्षी वन्यजन्तु उद्यानको रुपमा विकास गर्ने प्रस्ताव गरिएको छ । वन क्षेत्रको संरक्षण भएदेखि यहाँ जंगली पशुपंक्षीहरुको पनि आगमन बढेको छ । सो वन भित्र निलगाई, सर्प, वनखरायो, मृग लगायतका पशुंपक्षिहरु रहेका छन् ।
 


यसमा तपाईको मत