• :
  • :
    • On Air
    • Kayakairan
    • Up Next
    • Mithilanchal Maithili News

समाचार

धनुषाका किशान माछा पालन गर्ने ब्यबसायमा आत्म र्निभर बन्दै

धनुषाका किशान माछा पालन गर्ने ब्यबसायमा आत्म र्निभर बन्दै

दिपक कुमार पाण्डेय 

बैशाख १०गते, जनकपुरधाम ।

धनुषा जिल्ला लाई माछा उत्पादनमा आत्म र्निभर बनाउने अभियान लाई तिब्रता दिइएको छ । सरकारले अनुदानको ब्यबस्था गरेपछि धनुषाका किशानहरु आफै माछा उत्पादन गर्ने अभियानमा जुटेका छन् । सरकारी अनुदान र आफनो अनुभब लाई समेटेर याँहाका किशानहरु गर्न लागेको देख्नमा पाईन्छ । धनुषा माछा उत्पादन गर्ने दृष्टिले नेपालकै प्रसिद्ध ठाउँ रहेको छ ।  भारतबाट समेत माछा आयातमा बृद्धि हुन लागेपछि सरकारले स्वेदेसी माछा उत्पादन गर्नजोड दिदै ब्यतmी अन्तरर्गत अनुदान दिने ब्यबस्था गरेको छ । सरकारले अनुदान दिन लागेपछि भारतबाट आयात हुने माछा पनि घटदै गएको छ । ७३ हेक्टर केन्द्रिय मछसत्व मिसन जमीन रहेको धनुषामा सरकारले अहिले सम्म ३५ हेक्टर जमीनमा पोखरी खनाउन अनुदान स्वरुप रकम उपल्बध गराएको छ । स्थानिय किशानले पोखरी खन्ने उत्साहले केहि बर्ष भित्रै धनुषा जिल्ला माछा जिल्लाको रुपमा परीणत हुने जिल्ला कृषी बिकास कार्यालयको प्रमुख प्रदिप ठाकुरले मिथिलाञ्चल एफएमको माध्यमले बिशवास ब्यतm गर्नु भयो । सरकारले धनुषामा माछा पालन गर्ने जलासय निर्माण प्रबिधि प्रति हेक्टर तीन लाखका दरले गत बर्ष नै ९९लाख अनुदान रकम उपल्बध गराएको छ । अनुदान उपल्बध गराएपछि ब्यबसायीहरु उत्साहि भएका जिल्ला कृषी कार्यालय धनुषाले जनाएका छन् । धनुषामा यस अघि आठ सय अटहतर हेक्टर जलासय रहेको थियो जसमा तीन सय सतरी पोखरी रहेकोमा चार दशमलब एक मेट्रिक टन माछा उत्पादन हुदै थियो । धनुषा जिल्लाका ननुपटि , यदुकोहा ,बकचौरा , सबैला, बिन्धि लगायतका गाउँमा माछा उत्पादन हुदैँ आएका  छन् । उत्पादन हनेमा भकुरा ,सिल्भर, रौह, बिघट नैनी लगायतका माछा रहेको जिल्ला कृषी कार्यलय धनुषाको रेकर्डमा उल्लेख छन् । चालु आर्थीक बर्षमा पोखरी निर्माणको काम धनुषाधाम , शान्ती नगर, बटेश्वर ,महेन्द्रनगर ,नगराईन ,हतीसार , हर्दिया लगायतका गाउँमा भइरहेको जनाइएको छ । निजी तर्फ पनि सर्बसधारणहरु पोखरी खनेर माछा उत्पादनमा हर्षीत भएको देख्नमा पाईन्छ । धनुषामा अहिले दैनिक १ टन माछा बिक्री भइरहेको छ ।  एक जना पोखरी ठिकदार सिनोधि सहनीको अनुसार बिगतमा किशानहरु पोखरी खनाउन नमान्ने , र माने पनि आफुहरुलाई पोखरी खनाउन भनेपछि समस्या भइरहेको त्र अहिले सरकारले अनुदान दिन लागेपछि किशानहरु आफै पोखरी खनाएर माछा उत्पादन गर्न लागेपछि आफुहरुको ब्यबसायमा मार्का पर्ने बताएका छन् ।
 


यसमा तपाईको मत