• :
  • :
    • On Air
    • Kayakairan
    • Up Next
    • Mithilanchal Maithili News
ताजा समाचार

समाचार

महोत्तरीमा चुनावको वेला हातहतियार ठुलो चुनौती,जम्मा तिनजनाले बुझाए हतियार

महोत्तरीमा चुनावको वेला हातहतियार ठुलो चुनौती,जम्मा तिनजनाले बुझाए हतियार

दिपक कुमार पाण्डेय

वैशाख १२ गते, जनकपुरधाम   ।
महोत्तरीमा ३०९ जनाले अनुमति प्राप्त ३३२ हतियार राखेकोमा जिल्ला प्रसासन कार्यालयले गत महिना सुचना गरेपछि जम्मा तिनजनाले हतियार बुझाएका छन । स्थानिय निकायको चुनावलाई मध्यनजर गर्दै जिल्ला प्रसासन कार्यालयले गत महिनामात्र हतियार बुझाउन सुचना जारी गरेको थियो ।
जिल्लामा अनुमति प्राप्त हतियारहरुमा पेस्तोल १२, बारहवोरको बन्दुक एकनाले १८०,दुईनाले १२३  ,बाईसवोरको एकनाले ६ ,भरुवा एकजनाले २,हावादारी ९ गरि कुल ३३२ हतियार अनुमति प्राप्त रहेको जिल्ला प्रसासन कार्यालय महोत्तरीको तथ्यांक छ । हतियार बुझाउने वारे प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले सुरक्षा निकायहरुसंग छलफल भैरहेको र चाडै हतियार बुझाउन  प्रकृया अगाडी बढाउने मिथिलाञ्चल अनलाईनलाई  बताए ।
हतियार राख्नेहरुमा जिल्लाको जलेश्वर नपाका विभिन्न वडा,गौशाला र बर्दिवास नगरपालिकाका विभिन्न वडाका साथै पिपरा,डाम्हीमडै,सुन्दरपुर,धिरापुर,पर्सापतैली,एकरहिया,रामगोपालपुर,सम्सी,मनरा लगायतका वासिन्दा छन ।
यस्तो छ खतरा ः
अनुमति लिएरै हतियार राख्ने अधिकांश व्यक्ति राजनितिक छवी,जमिन्दार,तथा उच्च पहुच भएका तथा व्यापार व्यवसायमा लागेकाहरु रहेकोले चुनावको वेला उनीहरुले हतियारको अनुचित प्रयोग गरि धाक धम्की देखाई मतदाताहरुलाई आफु वा आफ्नो नजिकका व्यक्तिलाई मतदान गर्न लगाउन सक्ने स्थानिय प्रसासनको चिन्ता छ ।
खुल्ला सिमाले अवैध हतियार भित्रिने खतरा ः
भारतसंग सिमा जोडिएकोले महोत्तरीमा स्थानिय निर्वाचनको वेला हातहतियार सम्बन्धी ठुलो चुनौती रहेको छ । जिल्लाका दर्जन जति प्रत्यक्ष र सयौ अप्रत्यक्ष नेपाल भारतबिचको मुख्य र चोरबाटोले स्थानिय सुरक्षा निकायलाई भने ठुलै चुनौती दिएको छ । यस आर्थिक वर्षमै जिल्ला प्रहरी कार्यालय महोत्तरीले फेला पारेका दुई थान नलकटुवा समेत भारतमै निर्माण भएकोले चुनौती थपिएको हो ।
प्राय भारतको सितामढी तथा अन्य स्थानबाट सजिलै हतियार भित्र्याउन सकिने भएकोले त्यसता स्थानहरुमा व्यापक र गहन चेकजाँचको व्यवस्था हुनुपर्ने स्थानियहरुको भनाई छ । केहि बुद्धिजिवीहरु भने अनुमति प्राप्त हतियारहरु खासै चुनौतीपुर्ण नभएको  तर हात्ती समेत अवैध रुपले छिराउन मिल्ने महोत्तरी स्थित नेपाल भारतको सिमाबाट हतियार  भित्रन नदिनु भने गार्हो काम भएको बताए ।
यसवारे प्रजिअ यादव गम्भिर हुदै चुनावको वेला हातहतियार प्रयोग  हुन नदिन विशेष तयारीहरु गरिएको बताए । उनले चुनाव शान्तिपुर्ण रुपमा सम्पन्न गर्न स्थानिय सुरक्षा निकाय सक्षम रहेको बताए । उनले हामी हतियार फिर्ता गराउन सजग छौ र चाडै सम्पुर्ण हतियार फिर्ता गराईसक्ने बताए ।
 
 


यसमा तपाईको मत