• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

ऋण लिएको रकम माँगदा नदिने र पचाउने मनसायले धनुषामा आफ्नै बहिनी ज्वाई माथि आक्रमण

ऋण लिएको रकम माँगदा नदिने र पचाउने मनसायले धनुषामा आफ्नै बहिनी ज्वाई माथि आक्रमण

दिपक कुमार पाण्डेय

बैशाख १२ गते ,जनकपुरधाम ।
करिब ६ बर्ष अगाडी ऋण लिएको रकम पचाउन धनुषामा आफ्नै बहिनी ज्वाईमाथि आक्रमण गरीएको छ । धनुषाको बटेश्वर गाउपालिका २ भूचक्रपुर बस्ने ३५ वर्षका कृष्ण महतो माथि उनका आफ्नै जेठाजु लक्ष्मीनिबास १ का रामबाबु महतो लगायत चार वटा मोटरसाईकलमा आएका एक दर्जन व्यक्तिहरुले घरमै पुगेर ज्यानै लिने गरी आक्रमण गरेको पिडीतले बताएको छ । 
सोमबार आफ्नै घरमा बसिरहेका बेला मोवाईलको निहु बनाएर उनीहरुले काठको चिरपट, हात मुक्का र लातले आक्रमण गरी आफुलाई घाईते बनाएको कृष्णले पिडा पोखेका छन् । चिर्पटको आक्रमणले टाउकोमा गम्भीर चोट लागनाले  टाउको फुटेर धेरै रगत बगेको छ । गम्भीर घाइते कृष्णको  उपचार अहिले जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । 
आक्रमण गरेर भाग्न खोज्ने क्रममा उनीहरुको एक वटा मोटरसाईकल छुटेको छ । मोटरसाईकल अस्थाई प्रहरीचोक बटेश्वरले आफ्नो नियन्त्रणमा लिएको छ । घाईते कृष्णका अनुसार आफ्नै जेठाजुले करिब ६ वर्ष अघि लिएको ३५ हजार र पछि लिएको केहि रकमहरु मागँदा खेरी नदिने र पचाउन आफुमाथि ज्यान लिने गरी आक्रमण गरेको आरोप लगाएका छन् । यता ईलाका प्रहरी कार्यालय ढल्केवरले आक्रमण गर्नेहरुको खोजी कार्य र अनुसन्धान जारी रहेको जनाएको छ ।
 


यसमा तपाईको मत