• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

धनुषामा चितुवाको आक्रमणबाट आधा दर्जन व्यक्ति घाईते, आक्रमण गरेको चितुवालाई स्थानीयले मारे

धनुषामा चितुवाको आक्रमणबाट आधा दर्जन व्यक्ति घाईते, आक्रमण गरेको चितुवालाई स्थानीयले मारे
दिपक कुमार पाण्डेय 
वैशाख १३ गते ,जनकपुरधाम ।
धनुषामा चितुवाको आक्रमणबाट आधा दर्जन व्यक्ति घाईते भएका छन् । मंगलबार अपराहन्न धनुषाको कटरैत बनमा घाँस दाउरा ल्याउन तथा गाई ,भैसी ,बाखा्रा चराउन गएका गोठाला माथि एक्कासी जंगलबाटै आएको एक चितुवाले आक्रमण गरेको थियो  । 
आक्रमणबाट घाईते हुनेहरुमा अन्दुपट्टी कटरैत ६ का प्रमेश्वर यादव, संजिवकुमार साह, तिलेश्वर मुखिया,पञ्चु मुखिया र गीता देवी मुखिया लगायत छन् । उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
आक्रमण गरेको चितुवालाई स्थानीद्धारा समातेर मारीएको  छ  ।
 


यसमा तपाईको मत