• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

जनकपुरमा अबैध रुपमा संचालन रहेको अस्पतालको बिगबिगी ,जनकपुर अंचल अस्पतालक मेसु अञ्चल अस्पताल भन्दा बढि निजी अस्पतालमा कार्य गर्दै आएको खुलाशाा , यो बिषयमा पत्रकारले प्रशन गर्दाखेरी आाफु बिरुध समाचार लेख्ने पत्रकारलाई बाँधेर कुट्ने मेसु यादबको धम्की

 जनकपुरमा अबैध रुपमा संचालन रहेको अस्पतालको बिगबिगी ,जनकपुर अंचल अस्पतालक मेसु  अञ्चल अस्पताल भन्दा बढि निजी अस्पतालमा कार्य गर्दै आएको खुलाशाा , यो बिषयमा पत्रकारले प्रशन गर्दाखेरी आाफु बिरुध समाचार लेख्ने पत्रकारलाई  बाँधेर कुट्ने  मेसु यादबको  धम्की

दिपक कुमार पाण्डेय 

बैशाख १४ गते , जनकपुरधाम
स्वास्थ्य मन्त्रालय अवैध नर्सिङ्घ होम सञ्चालकलाई जनकपुर अञ्चल अस्पतालको प्रमुखमा नियुक्त गरेको  खुलासा भएको छ । जनकपुर अञ्चल अस्पताल नजिकै झण्डै दुई दशकदेखि कृष्णा नर्सिङ्घ होम प्रा.लि. नामक अस्पताल अवैद्य रुपमा सञ्चालन गर्दै आएका डा. रामपरीक्षण यादवलाई मन्त्रालयले मेसुमा नियुक्त गरी पठाएको हो । मेसु यादवले ओपिडीको समयमा पनि अञ्चल अस्पतालको काम छाडेर आफ्ना निजी नर्सिङ्घ होममा समय दिने गरेका छन् । मेसु यादवको कृष्ण नर्सिंग होमको कुनै तथ्यांक नरहेको जनस्वास्थ्य कार्यालय धनुषाका अधिकृत मुन्द्रिकाप्रसाद ठाकुरले बताउनुभयो । आर्थिक वर्ष २०५२र०५३ मा स्वास्थ्य सेवा विभागबाट ६४६ ‘क’ नम्बर दर्ता प्राप्त गरेको यस अस्पतालको मुल गेटमा लेखिएको छ । तर जिल्ला जनस्वास्थ्य कार्यालयमा सिफारिसको कुनै तथ्यांक छैन । जबकी स्वास्थ्य सेवा विभागमा दर्ता गराउन जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिस अनिवार्य चाहिने जनस्वास्थ्य कार्यालयले जनाएको छ । तर यो नर्सिङ्घ होमको कुनै सिफारिस र तथ्यांक नरहेको जनस्वास्थ्य अधिकृत ठाकुरको भनाई छ । सरकारले देशैभरिका सरकारी अस्पतालमा सरकारले बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म बहिरंग सेवा अनिर्वाय सञ्चालन गर्ने निर्देशन दिएको छ । तर जनकपुर अञ्चल अस्पतालका मेसु डा. यादव सरकारी निर्देशनको बेवास्ता गर्दै धेरै समय आफ्नो निजी अस्पतालमा दिने गरेको कृष्णा नर्सिङ्घ होमका एक स्वास्थयकर्मीले नै स्वीकारेका छन् । नर्सिंग होममै कार्यरत्त एक कर्मचारीले नाम नखोल्ने सर्तमा मेसु डा. यादव ८ बजेदेखि १० बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म आफ्नै अस्पतालमा समय दिने गरेको बताए ।  यता मेसु डा. यादवले आफू पूरा समय जनकपुर अञ्चल अस्पतालमै दिने गरेको दाबी गर्नुभयो । उहाँले आर्थिक वर्ष २०५२र०५३ मा स्वास्थय सेवा विभागमै दर्ता गराएकाले वैध भएको बताउनुभयो । त्यति बेला जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिस लिनु पर्ने प्रावधान नरहेको मेसु डा. यादवको भनाई छ । यसै विषयमा पत्रकार कुराकानी गर्ने क्रममा उहाँले आफू विरुद्ध कुनै पत्रकारले समाचार लेखे घरमै पुगि बाँधेर जुत्ताले कुट्ने भन्दै तथानाम गाली र धम्की समेत दिनुभयो ।  
 
यता  २६ पुष २०७३ का दिन धनुषाका तत्कालीन सहायक प्रजिअ राजेश गिरीको संयोजकत्वमा गठित संयूक्त अनुगमन समितिले जनकपुर सहर भित्र रहेका स्वास्थ्य क्षेत्रका औषधि पसल, क्लिनिक, ल्याब, अस्पताल लगायतको अनुगमन गर्दा अनुगमनका क्रममा विना दर्ता संचालित रहेका अस्पताल, नर्सिङ होम, क्लिनिक तथा औषधि पसलहरुमा तालाबन्दी गरी कारवाही प्रक्रिया अगाडी वढाएको थियो ।
गिरी नेतृत्वको अनुगमन समितिले अवैधानिक रुपमा तथा अनुमति बिना नै सञ्चालनमा आएको ४० शय्याको आर्या केयर अस्पताल, प्रसूति विशेषज्ञ डा रामनरेश पण्डितको क्लिनिक, डा सोनिय सिंहको काव्य मेडिकल, जलान मेडिकललगायतका निजी अस्पताल, पोलिक्लिनिक, प्याथोलोजी ल्याब र औषधि पसलमा सिल गरेको थियो । 
राजस्व छलेको आरोपमा निजी अस्पताल र पोलिक्लिनिकका आवश्यक कागजातसमेत गरी आन्तरिक राजस्व कार्यालय, जनकपुरका कर्मचारीले नियन्त्रणमा लिएका थिए । त्यसैगरी अनुगमन टोलीले रामदेवी डेन्टल क्लिनिक, सुनैना प्याथोलोजी, मनिष मेडिलक हल, अमृत क्लिनिक, सीता फिजियोथेरापी, डिमाइन प्याथोलोजी, मुस्कान मेसिन, पप्पु मेडिकल हल, अमास मेडिकल हल, काव्य मेडिकल हल, अर्थोपेडिक तथा ट्रमा सेन्टरलगायतमा पनि सिलबन्दी गरेको थियो । 
३ दिनसम्म औषधि पसलहरु बन्द रहेपछि प्रशासनले विना कारवाही ५ सुत्रिय सम्झौता गरेपछि तत्काल विना कारवाही गरी अवैध स्वास्थ्य संस्थाहरुलाई फागुन मसान्त सम्ममा दर्ता गराउने शर्तमा प्रशासनले सिलबन्दी तोडेको थियो । 
तर,बिगतमा भुकम्प प्रतिरोधात्मक भबन नभएको कारण दर्ता नभएको र कारबाहिमा परेको आर्या केयर अहिले दर्ता भएको छ । जबकि भबन त्यहि हो । बिगतमा डाक्टरहरु नरहेको भनेर तत्कालिन सहायक प्रजिअ गिरीले अनुगमनका क्रममा कारबाहि गरेको थियो ।
स्वास्थ्य मन्त्रालयले फागुन मसान्त सम्म स्वास्थ्य संस्था, क्लिनिक, हस्पिटल, प्याथोलोजी लगायतका क्षेत्रहरुलाई अनिवार्य रुपमा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषामा दर्ता गरि संचालन गर्न निर्देशन दिएपछि धनुषामा उल्लेख्य रुपमा दर्ताको संख्या वृद्धि भएको छ । फागुन मसान्तसम्ममा मापदण्ड अनुसार दर्ता नगरिएको खण्डमा कारवाही गरी सिज गरिने निर्देशन स्वास्थ्य मन्त्री गगन थापाले दिएपछि दर्ता गराउने संस्थाहरुको संख्या बढेको छ । 
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका जनस्वास्थ्य अधिकृत मुन्द्रिका प्रसाद ठाकुरका अनुसार फागुन मसान्तसम्म दर्ता हुने तर्फ ४५ वटा स्वास्थ्य क्लिनिक, ४ वटा प्याथोलोजी ल्याब, १० वटा अल्ट्रासाउण्ड तथा इमेजिङ्ग सेन्टर, २५ वटा डेन्टल क्लिनिक, १७ वटा पोलिक्लिनिक तथा १४ वटा निजी अस्पताल तथा नर्सिङ्ग होम रहेका छन् । जबकी त्यस अघिसम्म अत्यन्तै न्यून संख्यामा स्वास्थ्य संस्थाहरु दर्ता भएका थिए ।
 


यसमा तपाईको मत