• :
  • :
    • On Air
    • Pithiya Thok
    • Up Next
    • MASTI KE PATHSALA

समाचार

सरकारले भद्र सहमति तोडेको भन्दै मोर्चा चुनाव हुन नदिने तयारीमा

मिथिलाञ्चल समाचारदाता 

बैशाख १४ गते, जनकपुरधाम
सरकारले भद्र सहमति तोडेको भन्दै मोर्चा चुनाव हुन नदिने तयारीमा लागेको छ । महोत्तरी स्थित मोर्चा आवद्ध दल राष्ट्रिय जनता पार्टी नेपाल चुनाव अहिस्कार गर्ने र हुनै नदिन विभिन्न विरोधका कार्यक्रम अघि सार्ने जनाएको छ ।
बुधवार सरकारले पुनरसंरचना मार्फत गाउँपालिका र नगरपालिकाको संख्या बढाउने निर्णय फिर्ता लिएसंगै महोत्तरीमा मोर्चा चुनाव नै हुन नदिने तयारीमा लागेको हो । राजपा नेपालका नेता अभिराम शर्माले सरकारले भद्र सहमति तोडेर आफै चुनाव धरापमा पार्न खोजेको हो बताए  । उनले एमालेसंग सरकारले जति साठगांठ गरेपनि मधेश र मधेशीको मांग पुरा नगरेसम्म उनीहरुले सुख नपाउने बताए । एमाले संसोधन प्रस्ताव पारित हुन नदिन विभिन्न प्रपन्चमा लागेको समेत आफुहरुलाई ज्ञात भएकोले यसको परिणाम उनले महोत्तरीमा भोग्नु पर्ने बताए ।
महोत्तरी सदरमुकाम लगायतका स्थानमा एमालेले आयोजना गरेको विभिन्न कार्यक्रम मोर्चाले बिथोल्दै आएकोमा सरकारको निर्णय फिर्ताले महोत्तरीमा एमालेलाई समस्या हुने बुद्धिजिवीहरु बताउछन । सरकारको निर्णय फिर्ताको मुख्य जिम्मेवार एमाले रहेको भन्दै मोर्चा महोत्तरी एमालेमाथी खनिएको हो ।
विहिवार राजपा नेपालको स्थानिय नेताहरुले वर्तमान अवस्था वारे झलफल गरेकोमा महोत्तरीमा चुनाव नै नहुने सम्भावना बढेको हो । छलफलका क्रममा स्थानिय नेताहरुले केन्द्रको निर्णय पर्खने र केन्द्रको निर्देशन आउनासाथ आफुहरु एक्सनमा आउने बताए ।
निर्वाचन अधिकृत फिर्ता ः
नेपाल सरकारले दुई चरणमा स्थानिय तहको चुनाव गराउने निर्णयसंगै महोत्तरीमा चुनावी गतिविधी हाललाई रोकिएको छ । चुनावी गतिविधी रोकिएसंगै निर्वाचन अधिकृतहरु फिर्ता भएका हुन। यता मुख्य निर्वाचन अधिकृतको कार्यालय भने यथावत रहने जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।
महोत्तरीको कुल जनसंख्या ६ लाख २४ हजार ६९६ रहेकोमा नगरपालिकामा कम्तीमा ३१ हजार र गाँउपालिकामा कम्तीमा २१ हजार जनसंख्याको हिसावमा गाउ र नगरपालिका थप्न सकिने सरकारको साविक निर्णयको आधारमा महोत्तरीमा सवै दल उत्साह पुर्वक गाँउपालिका र नगरपालिका थप्न छलफलमा व्यस्त रहेकोमा बुधवारको निर्णय पश्चात मधेशवादी दलको उत्साह क्रोधमा परिणत भएको देखिएको छ । मोर्चाका नेताहरुले सरकारले भद्र सहमति पुरा नगरे चुनाव विर्से हुन्छ बताए ।
 
हाल भद्र सहमति भएपछि ७ देखि १२ गाँउ तथा नगरपालिका थपिन गई महोत्तरीमा गाँउपालिका र नगरपालिकाको संख्या दोव्वर हुन सक्ने सम्भावना रहेको थियो । दलहरुको प्रतिनिधित्व समेत बढ्ने भएपछि सवै दलहरु आफ्नो हिसावले गाउहरुको गुणा भागमा लागेका थिए  ।
निर्वाचनका कार्यहरु पुरै रोकिएको छैन ः जिल्ला निर्वाचन अधिकृत
जिल्ला निर्वाचन कार्यालय महोत्तरीका अधिकृत पिंकी रायले महोत्तरीमा दोस्रो चरणमा निर्वाचन हुने भएकोले निर्वाचन अधिकृतहरु फिर्ता भएको बताईन । उनले हाललाई चुनावका कार्यक्रमहरु केहि अगाडी सर्ने तर प्रकृया र चुनावी गतिविधी भने नरोकिने बताईन । उनले महोत्तरीमा केहि मधेशवादी दलहरु दर्ता भएपनि हाल एकिकरण भएका दलहरु तथा छुटेका दलहरु समेतलाई चुनावमा समावेश गरिने सम्भावना रहेका बताईन ।
चल्दैछ मतदाता शिक्षा ः
निर्वाचन अधिकृत रायले जिल्लाको मटिहानी र पिपरा गाँउपालिका तथा जलेश्वर नगरपालिकामा मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको बताईन । उनले मतदाता शिक्षा स्वयम सेवक र निर्वाचन कार्यकर्तालाई तालिमकोनिरन्तरता दिने र वैशाख २८ देखि जेष्ठ२२सम्म उनीहरु फिल्डमा रह्ने बताईन ।
मतदान केन्द्रमा को को हुने ः
प्रत्येक मतदान केन्द्रको लागि निर्वाचन आयोगले मतान अधिकृत देखि स्वयम सेवकको व्यवस्था गरेको छ ।
मतदान केन्द्रहरुमा मतदान अधिकृत एकजना,सहायक मतदान अधिकृत एकजना,सहयोगी दुईजना,स्वयम सेवक ४ जना रहने व्यवस्था छ साथै मतदाताहरुलाई लाईन लगाउन तथा अन्य कार्यको लागि निर्वाचन अधिकृतले स्वयम सेवकहरु परिचालन गर्ने छन ।
चुनाव भए हतियार ठुलो चुनौती ः
महोत्तरीमा दोस्रो चरणमा चुनाव हुने निश्चित भएको छ । महोत्तरीमा मधेशवादी दलहरु समेत चुनावमा भागलिने सहमति नजिक पुगिसकेको वेला चुनावमा सुरक्षा भने चुनौतीको रुपमा उभिएको छ । प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले महोत्तरीमा सुरक्षा दिन आफुहरु सक्षम रहेको बताईरहेको वेला अनुमति प्राप्त वैद्य हतियार समेत हालसम्म चुनाव अवधीसम्मको लागि फिर्ता गराउन नसकेको अवस्थामा भारतसंगको खुल्ला सिमाले चुनावमा हतियारहरु भित्रिन सक्ने सम्भावना नकार्न सकिदैन ।
३३२ मध्ये ३ हतियार मात्र बुझाईयो ः
महोत्तरीमा ३०९ जनाले अनुमति प्राप्त ३३२ हतियार राखेकोमा जिल्ला प्रसासन कार्यालयले गत महिना सुचना गरेपछि जम्मा तिनजनाले हतियार बुझाएका छन । स्थानिय निकायको चुनावलाई मध्यनजर गर्दै जिल्ला प्रसासन कार्यालयले गत महिनामात्र हतियार बुझाउन सुचना जारी गरेको थियो ।
जिल्लामा अनुमति प्राप्त हतियारहरुमा पेस्तोल १२, बारहवोरको बन्दुक एकनाले १८०,दुईनाले १२३  ,बाईसवोरको एकनाले ६ ,भरुवा एकनाले २,हावादारी ९ गरि कुल ३३२ हतियार अनुमति प्राप्त रहेको जिल्ला प्रसासन कार्यालय महोत्तरीको तथ्यांक छ । हतियार बुझाउने वारे प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले सुरक्षा निकायहरुसंग छलफल भैरहेको र चाडै हतियार बुझाउन  प्रकृया अगाडी बढाउने बताए ।
हतियार राख्नेहरुमा जिल्लाको जलेश्वर नपाका विभिन्न वडा,गौशाला र बर्दिवास नगरपालिकाका विभिन्न वडाका साथै पिपरा,डाम्हीमडै,सुन्दरपुर,धिरापुर,पर्सापतैली,एकरहिया,रामगोपालपुर,सम्सी,मनरा लगायतका वासिन्दा छन ।
यस्तो छ खतरा ः
अनुमति लिएरै हतियार राख्ने अधिकांश व्यक्ति राजनितिक छवी,जमिन्दार,तथा उच्च पहुच भएका तथा व्यापार व्यवसायमा लागेकाहरु रहेकोले चुनावको वेला उनीहरुले हतियारको अनुचित प्रयोग गरि धाक धम्की देखाई मतदाताहरुलाई आफु वा आफ्नो नजिकका व्यक्तिलाई मतदान गर्न लगाउन सक्ने स्थानिय प्रसासनको चिन्ता छ ।
खुल्ला सिमाले अवैध हतियार भित्रिने खतरा ः
भारतसंग सिमा जोडिएकोले महोत्तरीमा स्थानिय निर्वाचनको वेला हातहतियार सम्बन्धी ठुलो चुनौती रहेको छ । जिल्लाका दर्जन जति प्रत्यक्ष र सयौ अप्रत्यक्ष नेपाल भारतबिचको मुख्य र चोरबाटोले स्थानिय सुरक्षा निकायलाई भने ठुलै चुनौती दिएको छ । यस आर्थिक वर्षमै जिल्ला प्रहरी कार्यालय महोत्तरीले फेला पारेका दुई थान नलकटुवा समेत भारतमै निर्माण भएकोले चुनौती थपिएको हो ।
प्राय भारतको सितामढी तथा अन्य स्थानबाट सजिलै हतियार भित्र्याउन सकिने भएकोले त्यसता स्थानहरुमा व्यापक र गहन चेकजाँचको व्यवस्था हुनुपर्ने स्थानियहरुको भनाई छ । केहि बुद्धिजिवीहरु भने अनुमति प्राप्त हतियारहरु खासै चुनौतीपुर्ण नभएको  तर हात्ती समेत अवैध रुपले छिराउन मिल्ने महोत्तरी स्थित नेपाल भारतको सिमाबाट हतियार  भित्रन नदिनु भने गार्हो काम भएको बताए ।
यसवारे प्रजिअ यादव गम्भिर हुदै चुनावको वेला हातहतियार प्रयोग  हुन नदिन विशेष तयारीहरु गरिएको बताए । उनले चुनाव शान्तिपुर्ण रुपमा सम्पन्न गर्न स्थानिय सुरक्षा निकाय सक्षम रहेको बताए । उनले हामी हतियार फिर्ता गराउन सजग छौ र चाडै सम्पुर्ण हतियार फिर्ता गराईसक्ने बताए ।
 
 
 

 



यसमा तपाईको मत