• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

मोटरसाइकलको ठक्करबाट धनुषामा एकजना ८२ बर्षीय बृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट धनुषामा एकजना ८२ बर्षीय बृद्धको मृत्यु
दिपक कुमार पाण्डेय 
जनकपुरधाम ,बैशाख १६ गते ।
धनुषाको मिथिलाबिहारी गाबिसमा शनिबार बिहान मोटरसाईकलको ठोक्करले एक बृद्धको ज्यान गएको छ । ज्यान जानेमा मिथिलाबिहारी गाबिस ठेरा कचुरी वडा नम्बर १० बस्ने ८२ वर्षीय रामप्रकाश साह रहेको प्रहरीले जनाएको छ । अत्यधिक गतिमा जनकपुरबाट धनुषाधाम तर्फ गईरहेको क्रममा बाटोमा हिडिरहेका बृद्ध साहलाई जनकपुर उपमहानगरपालिका रामपुर–१५ का मोटरसाईकल चालक १६ वर्षिय बिरेन्द्र कुमार साहले ठोक्कर दिएका थिए । ज.६.प. २५१७ नम्बरको मोटरसाईकलमा सवार भई धनुषाधाम तर्फ गईरहेका यूवक साहले अत्यधिक गतिका कारण मोटरसाईकल अनियन्त्रित भई रामप्रकाशलाई ठोक्कर दिएका थिए । ठोक्कर दिने मोटरसाईकल र चालक दुबै प्रहरीको नियन्त्रणमा रहेको छ । मृतक साह टिभी टुडेकर्मी पत्रकार प्रमोद कुमार साहका हजुरबुवा थिए ।
 


यसमा तपाईको मत