• :
  • :
    • On Air
    • Osho Dhara
    • Up Next
    • Kayakairan
ताजा समाचार

समाचार

आफुहरुलाई प्रहरीले बिना कारण कुटपिट गरेको भन्दै स्थानीय यूवाद्धारा जनकपुरमा एक घण्टा चक्काजाम

आफुहरुलाई प्रहरीले बिना कारण कुटपिट गरेको भन्दै स्थानीय यूवाद्धारा जनकपुरमा एक घण्टा चक्काजाम

दिपक कुमार पाण्डेय 

जनकपुरधाम ,बैशाख १६ गते ।
 
आफुहरुलाई प्रहरीले बिना कारण कुटपिट गरेको भन्दै स्थानीय यूवाहरुले आज बिहान जनकपुरमा एक घण्टा चक्काजाम गरेका छन । जनकपुर उपमहानगरपालिका वडा नम्बर–१ भानुचोकका स्थानीय यूवाहरुले आज बिहान ९ बजे देखि १० बजे सम्म चक्काजाम गरेका हुन । प्रहरीले आफुहरुलाई बिना कारण कुटपिट र पक्राउ गरेको स्टेशन एरिया युवा कमिटीका महासचिब प्रशान्त झाले बताएका छन ।स्थानीय केही यूवाहरुले वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश ठाकुरले बर्दीको धाक देखाउदैं आफुहरुलाई बिना कारण दुःख दिने गरेकोले ठाकुरको सरुवाको माग गर्दै नारावाजी समेत गरेका थिए । यता प्रहरी निरीक्षक ठाकुरका अनुसार ती युवाहरुले मादक पदार्थ सेवन गरी आफैमा कूटपिट गर्नेगरेको र त्यसको कारण स्थानियहरु पूर्ण रूपले प्रभाबित भएको बताए । प्रहरीले उनीहरुलाई त्यहाँबाट जानका लागि आग्रह गर्दा अटेर गरेकाले केहि युवाहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक ठाकुरले जानकारी दिएका छन । 
 


यसमा तपाईको मत