• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

जनकपुरमा मोटरसाईकल लाईसेन्सको टोकन लिन सर्बसधारणका भिड , भिडलाई नियन्त्रण गर्न प्रहरी द्धारा लाठिचार्ज

जनकपुरमा मोटरसाईकल लाईसेन्सको टोकन लिन सर्बसधारणका भिड , भिडलाई नियन्त्रण गर्न प्रहरी द्धारा लाठिचार्ज
दिपक कुमार पाण्डेय 
बैशाख १८ गते,जनकपुरधाम ।
जनकपुर यातायात कार्यालय द्धारा खुल्ला गरिएको चालक अनुमतिपत्र आवेदनको टोकन वितरण कार्यक्रममा आबेदन दिनेहरुको भिड देखिएको हो । दुई पांग्रे सवारी चालक अनुमति पत्र आवेदनको लागि टोकन वितरण गर्ने स्थल जनकपुरको ज्ञानकुप स्थित याज्ञव्लक्य उच्चमाविमाको प्रांगणमा टोकन लिन आएका युवाहरु मथि स्थानीय प्रशासन द्धारा निर्मामता पूर्बक लाठि चार्ज गरिएको हो । यातायात कार्यलयको लापरबाहि  र स्थानिय प्रशासनको उदन्डताले सर्बसधारण लाईसेन्सको लागि टोकन  लिने युवाहरु लाई समस्या भएको टोकन लिन आएको एकजना युवा महोतरी बिसनपुर निबासी चंदन कुमार सिँह  गुनासो पोखेको छ  ।
लाठिचार्जबाट टोकन लिन आएका आधादर्जन भन्दा बढी सर्वसाधारण समान्य घाइते भएका छन् । चालक अनुमति पत्रको टोकन लिन १५ हजार भन्दा बढी सर्वसाधारणको त्यहाँ भीड लागेको थियो । टोकन वितरण प्रणाली अव्यवस्थित हुँदा सर्वसाधारणले होहल्ला गर्ने क्रममा प्रहरीले लाठी चार्ज गरेको थियो । लाठी चार्जको कारण केहि बेर भागदौडसमेत मचेको थियो । त्यस क्रममा धरै जनाको जुत्ताचप्पल समेत छुटेको छ । 
टोकन वितरणको क्रममा दलालहरु समेत मालामाल भएका छन् । बाहिर रहेका दलालहरु कर्मचारीहरुबाट टोकन किनेर दुई हजार रुपैयाँ सम्ममा विक्रि गरेको प्रत्यक्षदर्शी सर्वसाधारणहरुले गुनासो गरेका छन् । एकदमैं भिड भएका कारण आफु एक जना दलाललाई ५वटा टोकन लिएको बापत ८००० रुपैया दिएको एकजना युवा प्रमोद झाले मिथिलाञ्चल एफएमलाई बताए । आफुले दिएको रकम दलालले लिदाँ आजै कमाउने मौका भएको बताएका थिए ।  
यता यतायात व्यवस्था कार्यालय जनकपुरका निमित प्रमुख बालकृष्ण हुमागाईले भीडले होहल्ला गर्दा प्रहरीले समान्य बल मात्र प्रयोग गरेको दावी गरेका छन् । अनुमान गरेभन्दा बढी सर्वसाधारण टोकन लिन आउँदा समान्य होहल्ला भएको उनको भनाई छ । हुमागाईले १० हजार टोकन वितरण गर्ने लक्ष्य लिएकोमा १२ हजार ५ सय वटा टोकन वितरण गरिएको जानकारी दिएका छन् ।
 


यसमा तपाईको मत