• :
  • :
    • On Air
    • Pithiya Thok
    • Up Next
    • MASTI KE PATHSALA

समाचार

आफु अनुसन्धानको घेरामा रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

आफु अनुसन्धानको घेरामा रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई
एजेन्सी
अषाढ ३ गते – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू अनुसन्धानको घेरामा रहेको बताउनुभएको छ । गएको नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा रुसको प्रभाव र रुससँगको गोप्य सम्बन्धका बारेमा आफूमाथि अमेरिकी गुप्तचर निकायले अनुसन्धान गरिरहेको ट्रम्पले बताउनुभएको हो ।
एक ट्वीटमा राष्ट्रपति ट्रम्पले आफू अनुसन्धानको घेरामा रहेको र आफूमाथि भइरहेको अनुसन्धान सहायक महान्यायाधीवक्ता रोड रोजन्स्टाइनले गरेको ‘विच हन्ट’ रहेको ट्रम्पले आरोप लगाउनुभएको छ । रोजन्स्टाइनले नै आफूलाई एफबिआई निर्देशकबाट जेम्स कोमीलाई बर्खास्त गर्न भनेको र अहिले कोमीलाई बर्खास्त गर्न भन्ने व्यक्तिले नै आफू विरुद्ध अनुसन्धान गरिरहेको उहाँले आरोप छ । रोजन्स्टाइनले रुसले ट्रम्पलाई जिताउन सहयोग गरे नगरेको बारेमा भइरहेको अनुसन्धानको नेतृत्व गरिरहनु भएको छ ।
महान्यायाधीवक्त जेफ सेसन्सले यस विषयको अनुसन्धानको नेतृत्व लिन गएको मार्चमा अस्वीकार गरेपछि रोजन्स्टाइनले अनुसन्धानको नेतृत्व गर्नुभएको हो ।


यसमा तपाईको मत