• :
  • :
    • On Air
    • Kayakairan
    • Up Next
    • Mithilanchal Maithili News

समाचार

प्रशासन लाई चुनौती दिदैँ जनकपुरको मुख्यचौकमा खुलेआम अबैध मदिरा बेचिदै

प्रशासन लाई चुनौती दिदैँ जनकपुरको मुख्यचौकमा खुलेआम अबैध मदिरा बेचिदै
दिपक कुमार पाण्डेय 
अषाढ ३गते ,जनकपुरधाम ।
प्राचिन मिथिलाको राजधानी जनकपुरधामको मुख्य चौकमा खुलेआम अबैध मदिरा बिक्रि बितरण भइरहेको देख्नमा पाईन्छ । स्थानिय प्रशासन लाई चुनौती दिदैँ जनकपुरको प्रमुख चोक मानिने भैरब चोक , रामानन्दचोक लगायतको चोकहरुमा ब्यापक खुलेआम अबैध मदिरा ठेलामा राखि बेचिदै देख्नमा आएका छन् । स्थानिय भैरब चोकमा चार पाँचजना ब्यपारी ठेलामा अण्डा ,माछा,  भुजाको सँगसँगै दिनहुँ अबैध मदिरा बेचिदै आएको स्थानिय रामभजन पासमानले बताउनुभयो । जबकि त्यो चोकको दक्षिण तर्फ अँचल प्रहरी कार्यलय र सामुनेमा जिल्ला प्रहरी कार्यलय धनुषा रहेको छ । चौबिसौ घण्टा प्रहरी गस्ती रहेको उतm चौकमा प्रहरीको सामुनेमा खुलआम अबैध मदिरा बेच्न्ु कहि न कहि प्रशासनको पनि मिलोमतो रहेको एक जना बटुवा पिन्टु साहले बताउनुभयो । दिनहुँ मदिरा खान आउने युवाहरुको समूह त्याहाँ खटिएको प्रशासनकै सामुनेमा मदिरा खाई हुहल्ला, गालीगलौज , मारपिट लगायतका गतिबिधि गर्दै आएको र प्रशासन मौन रहेको देखिएको छ ।  
करिब ११ बजे राती सम्म संचालनमा रहेको उतm अबैध पसलहरुबाट मदिरा खाई गर्ने युवाहरुको गतिबिधिबाट धार्मिक एब प्राकास्टाको क्षेत्र मानिएको जनकपुरधाममा नकारात्मक असर पर्दै आएको देखिएको छ । त्याँहा एकजना मदिरा खान गएको युवाको अनुशाार प्रती गलास ३५ रुपैयाको दरले मदिरा बेचिदै आएको र दिनको ३ बजे देखि रातीको ११ बजे सम्ममा चारजना पसले मिलाएर दिनमा १० हजारको मदिरा बेचिदै आएको बताएका छन् ।
यता यो सम्बन्धमा धनुषाको प्रहरी उपरिक्षक लालमणि आचार्य सित सोधिदा अहिले सुरक्षा निकायको ध्याण निर्बाचणमा मुख्य केन्द्रित भएकाले उता ध्याण नगएको र हजुरले  उठाउनु भएको प्रशन स्वागत योगय रहेको र बास्तबमा चुनौतीको बिषय बनेकाले तुरुन्तै अहिले नै प्रहरीको टोली परिचालन गरी बेचिदै आएको अबैध मदिरामा रोक लगाई तुरुन्तै कारबाहि गर्ने आशवासन दिनुभयो ।
 


यसमा तपाईको मत