• :
  • :
    • On Air
    • Kayakairan
    • Up Next
    • Mithilanchal Maithili News

समाचार

परासीमा राजपा कार्यकर्ता र प्रहरीवीच झडप, रबरको गोली लागेर पाँच जना घाइते

परासीमा राजपा कार्यकर्ता र प्रहरीवीच झडप, रबरको गोली लागेर पाँच जना घाइते
मिथिलाञ्चल समाचारदाता 
अषाढ ३ गते, काठमान्डौ ।
नवलपरासीको परासीमा राजपा द्धारा आयोजना गरिएको सभामा प्रहरी अचानक चलाएको गोली लागेर राजपाको कार्यकर्ताहरु घाईते भएका छन् । जारी सभामा अचानक प्रहरीले चलाएको गोलीको राजपा द्धारा प्रतिकार गर्ने क्रममा रवरको गोली लागि पाँच जना राजपाका कार्यक्रता घाईते भएका छन् र १३ जना कार्यकर्तालाई पक्राउ समेत गरेका छन् ।
परासीस्थित बुद्धचोकमा राजपाले विरोध सभाको आयोजना गरेको थियो । सभामा राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
महन्थ ठाकुर बोलिरहेका बेला राजपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । सभा भइरहेको स्थानमा रहेको मध्य नेपाल यातायात व्यवसायी समितिको कार्यालय तोडफोड गरेपछि झडप सुरु भएको थियो ।
तोडफोड रोक्न प्रहरीले अश्रु ग्याँसका साथै रवरको गोली हानेर राजपाका कार्यकर्तालाई तितरवितर बनाएको थियो । रबरको गोली लागि गेरमीका सुरज गुप्ता र जहदाका नरसिंह चौधरी घाइते भएका छन् ।अर्का एकको नाम खुलेको छैन । मिथिलाञ्चल एफएम १०५ मेगाहर्जबाट प्रसारीत लोकप्रिय कार्यक्रम दलानमा राजपा अध्यक्ष मंडलका सदस्य अनिल झा कुराकानी गर्दै प्रशासन द्धारा अचानक गरिएको दमनलाई घोर निन्दा गर्दै यसको कडा प्रतीकार गर्ने चेताबनी दिएका छन् । भोली राजपाको पूर्ब घोषित कार्यक्रम अनुशार आम हड्तालमा सबैले आफनो आफनो पक्षबाट कडा अबरोध गरी,सम्पूर्ण शिक्षण संस्था,कलकरखाना, हाटबजार बन्द गरी बन्दमा सहयोग गरिदिन आबाह्न  समेत गरिएको छ ।
    
 


यसमा तपाईको मत