• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

पुन ःमधेश तातिँयो बिहानै देखी प्रदर्शन लगायत तोडफोड जारी

पुन ःमधेश तातिँयो बिहानै देखी प्रदर्शन लगायत तोडफोड जारी
 
दिपक कुमार पाण्डेय
अषाढ ४ गते, जनकपुरधाम ।
सरकार बेरबेर  मधेशको माँग प्रती बेवास्ता गरेको भन्दै राजपा द्धारा क्रु्द्ध भई घोषणा गरेको आन्दोलनको पुर्ब घोषित कार्यक्रम अनुशार आज जनकपुर लगायत मधेशको जिल्लाहरुमा बिहानै देखि राजपा आक्रमक देखिएको छ । 
हिजो नबलपरासिमा राजपा द्धारा आयोजना गरिएको शान्तीपूर्ण बिरोध सभामा प्रहरी द्धारा हस्तक्षेप गरि गोली चलाएर राजपाको पाँचजना कार्यक्रतालाई घाईते बनाएको भन्दै राजपाका कार्यक्रताहरु बिहानैदेखि आक्रमक भई प्रदर्शनमा उत्रेका छन् । 
बन्दको क्रममा जनकपुरमा प्रदर्शनमा उत्रेका ४१ जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेहरु राजपा नेपालका केन्द्रिय नेताहरु लालकिशोर साह , रितेश सिँह ,सुरीता साह तथा  जिल्ला नेता कार्यकर्ताहरु रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  त्यस्तैै जिल्ला नेता परमेश्वर साह ,सँजय सिँह,लगायताका नेताहरुलाई कुटपिट गरि घाईते बनाइएको जनाइएको छ । उनीहरुलाई जनकपुरको जनकचोक , उपमहागरपालिका अगाडि र जिल्ला प्रहरी कार्यालय अगाडि लगायतको ठाउबाट प्रदर्शन एव तोडफोडको क्रममा पक्राउ गरेको प्रहरी उपरीक्षक ललमणि आचार्यले जानकारी दिनुभयो । पक्राउ गरेको बिरुद्धमा अहिले जनकपुरको प्रमुख चौकहरुमा कडा नराबाजी सहित प्रदर्शन भइरहेको छ । 
त्यस्तै, राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले जनकपुर उपमहानगरपालिको कार्यालय भित्र प्रवेश गरी आज तोडफोड गरेको छ । कार्यालयको प्रागंणमा रहेका बा १ झ ७१५४ नम्बरको ल्याण्डकलुजर गाडीलाई तोडफोड गरेको नगरपालिकाले जनाएको छ । तोडफोडले गाडीका सीसाका अतिरिक्त अन्य भागपनि क्षतिग्रस्त भएको छ । सो गाडी नगरपालिकाका प्रमुख चढने गर्थे । सरकारी कार्यालयहरुमा तोडफोड गर्नथालेपछि सबै कार्यालयहरुमा कडा सुरक्षा बढाइएको छ ।
यता नवलपरासीको घटनाको प्रतिशोध स्वरुप महोत्तरीका राजपा उग्र देखिएको छ । बिहानै देखि सदरमुकाम जलेश्वरमा रहेको खैरा चोक, जिरोमाईल चोक, महेन्द्र चोक, नगरपालिका चोक लगायतका चोकमा बिहानै देखि टायर बाल्ी,सरकार बिरुद्ध कडा नराबाजी गर्दै प्रदर्शन जारी रहेको छ ।  पुर्व निर्धारित कार्यक्रम अनुसार आईतवार मधेश थरुहट बन्दका क्रममा महोत्तरीको पिपरा गाँउपालिकामा बा१ब ३८२ नं.को मोटरसाईकलमा आगजनी गरिएको छ भने सोहि ठाउ स्थित निर्वाचन कार्यालयको व्यानर समेत राजपा कार्यकर्ताहरुले जलाएका छन । त्यसतै जलेश्वर स्थित सहयोगी विकास वैंकको गेट वाहिर रहेको सुझाव पेटिका र सुचना पार्टी तोडफोड गरिएको छ ।
प्राप्त सुचना अनुसार पिपरा चोकमा सो सरकारी नम्वर प्लेटको मोटरसाईकललाई आन्दोलनकारीहरुले रोक्न खोज्दा नरोकेपछि केहि पर पिपरा कै शिवचोकमा आन्दोलनकारीको अर्को समुहले रोकेर मोटरसाईकलमा आगो लगाईदिएका छन । करिव १२ बजे मोटरसाईकलमा आगलागी गरेपछि राजपाका कार्यकर्ताहरुले पिपरा गाँउपालिकाको कार्यालयमै झुण्ड्याईएको निर्वाचन कार्यालयको व्यानर समेत च्यातेर जलाईदिएका छन । यता विहानै देखि उग्र देखिएको राजपा कार्यकर्ताहरुले सदरमुकाम जलेश्वर तथा जिल्लाका मुख्य बजार र चोकहरुमा टायर वालेर नवलपरासी घटनाको विरोध गरेका थिए ।
सदरमुकाम जलेश्वरमै रहेको सहयोगी विकास वैैंकले बन्दको समय पनि खोलेको भनेर गेट वाहिरबाट राजपा कार्यकर्ताहरुले तोडफोड गरेका थिए । भित्रबाट ताल्चा लगाएर राखिएकोले वढी क्षति नभएको वैंकका प्रबन्धक संजय कुमार पण्डितले बताए ।
यता घटना वारे प्रहरीले भने अनभिज्ञता जनाएको छ । प्रहरी नायव उपरिक्षक दिपक पोखरेलले निर्वाचनको सवै सामग्री पहिले नै फिर्ता आईसकेको र मोटरसाईकल वारे समेत अझै कुनै खवर नआएको बताउदै सो सम्बन्धमा बुझ्ने बताए ।
 

 



यसमा तपाईको मत