• :
  • :
    • On Air
    • Kayakairan
    • Up Next
    • Mithilanchal Maithili News

समाचार

प्रदर्शनको क्रममा पक्राउ परेकाहरु रिहा

मिथिलाञ्चल समाचारदाता

अषाढ ५ गते, जनकपुरधाम ।

जनकपुरको विभिन्न चोकमा प्रदर्शन गरिरहेको बेला पक्राउ परेका राष्ट्रिय जनता पार्टीका नेताहरुलाई रिहा गरिएको छ । तिनीहरुलाई घण्टौ जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको थियो । पक्राउ पर्नेमा सांसद दिनेश साह, केन्द्रिय प्रबक्ता लालकिशोर साह, वरिष्ठ नेतृ सुरिता साह, केन्द्रिय सचिव रितेश सिंह केन्द्रिय सदस्य सदाशिव मिश्र, रामजी राय, , बिन्दु ठाकुर, बिभा ठाकुर, सरिता शर्मा, चन्दा ठाकुर, संजय चौधरी, प्रमोदकुमार यादव लगायत ४२ जना रहेका थिए । रिहा भएपछि नेताहरुले जनकपुरमा जुलुस प्रदर्शन गरी जनक चोकमा कोणसभा गरेको छ । सो सभामा केन्द्रिय प्रवक्ता लालकिशोर साह, केन्द्रिय सदस्य विभा ठाकुर लगायतले बोल्नु भएको थियो ।



यसमा तपाईको मत