• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

उम्मेदवारमाथि दाबी विरोध आज, तीनवटै प्रदेशमा चुनावको उत्साह बढ्यो

मिथिलाञ्चल समाचारदाता
अषाढ ५ गते,काठमाण्डौँ ।
दोश्रो चरणको चुनाव हुने ३५ जिल्लामा मनोनयन दर्ता गरेका उम्मेदवारमाथि सोमबार दाबी विरोध पेश गर्ने कार्यक्रम छ । दाबी विरोधका लागि बिहान ८ बजेदेखि १० बजेसम्मको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ  ।
मनोनयन दर्ता गराएका उम्मेदवारले मंगलबार बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने र मंगलबार नै ११ बजेदेखि साढे ११ बजेभित्र अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । मंगलबार नै उम्मेदवारलाई चुनाव चिन्ह वितरण गरिनेछ ।
आउँदो १४ गते हुने दोस्रो चरणको स्थानीय तह चुनावका लागि तीनवटा प्रदेशका ३ सय ३४ वटा स्थानीय तहमा आइतबार उत्साहजनक रुपमा उम्मेदवारी मनोनयन दर्ता भएको हो । दोस्रो चरणमा प्रदेश नं. १, ५ र ७ का एउटा महानगरपालिका, ७ वटा उपमहानगरपालिका, १ सय ११ वटा नगरपालिकाका र २ सय १५ वटा गाउँपालिकामा चुनाव हुँदैछ । यो चुनावबाट १५ हजार ३८ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
आइतबार मनोनयन दर्ता भएसँगै चुनावी प्रचार तीव्र भएको छ । गर्मी बढेपनि तराईका विभिन्न ठाउँमा चुनावी चहलपहल बढेको छ । चुनावको विरोधमा रहेका राजपा र नेकपा नेता कार्यकर्ताले समेत केही ठाउँमा स्वतन्त्र उम्मेदवारी दिएपछि चुनावको उत्साह झनै बढेको हो । 


यसमा तपाईको मत