• :
  • :
    • On Air
    • Mithilanchal Vishesh
    • Up Next
    • Mithilanchal News

समाचार

साउदी राजाले भतिजलाई हटाएर छोरालाई बनाए युवराज

साउदी राजाले भतिजलाई हटाएर छोरालाई बनाए युवराज

असार ७ – साउदी अरेबियाका राजाले भतिजलाई हटाएर आफ्ना छोरालाई युवराज घोषणा गरेका छन् । राजा सलमानले भतिज मोहम्मद बिन नायफलाई हटाएर आफ्ना छोरा मोहम्मद बिन सलमानलाई युवराज बनाउनुभएको हो । अब ३१ वर्षका युवराज मोहम्मद बिन सलमानले उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीको रुपमा पनि जिम्मेवारी सम्हाल्नुहुनेछ । ५७ वर्षका मोहम्मद बिन नायफलाई आन्तरिक सुरक्षा मामिला प्रमुख पदबाट पनि हटाइएको साउदी अरेबियाको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

८१ वर्षका राज सलमानले सन् २०१५ को जनवरीमा तत्कालिन राजा उहाँका सौतेनी दाइ अब्दुल्लाह बिन अब्दुल अजिजको निधन भएपछि सत्ता सम्हाल्नु भएको हो । लगतै उहाँले मोहम्मद बिन नायफलाई युवराज घोषणा गर्नुभएको थियो । 



यसमा तपाईको मत