• :
  • :
    • On Air
    • Mithilanchal Vishesh
    • Up Next
    • Mithilanchal News

समाचार

यमनमा हैजाको महामारी, अहिलेसम्म दुई लाख मानिस प्रभावितदुई लाख मानिस प्रभावित

यमनमा हैजाको महामारी, अहिलेसम्म दुई लाख मानिस प्रभावितदुई लाख मानिस प्रभावित

एजेन्सी

अषाढ ११ गते ।

यमनमा फैलिएको हैजाको महामारीले थप संकटको अवस्था आएको छ । अहिलेसम्म हैजाका कारण प्रभावित हुने मानिसको संख्या दुई लाख नाघेको संयुक्त राष्ट्रसंघले जनाएको छ । यमनमा हैजाको महामारीले निकै गम्भीर रुपमा लिएको संयुक्त राष्ट्रसंघीय बालकोस ९युनिसेफ० र विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले जनाएका छन् । युनिसेफ र डब्लुएचओले संयुक्त वक्तव्य निकालेर यमनमा फैलिएको हैजाको महामारी विश्वमा फैलिएको अहिलेसम्मकै गम्भीर महामारी रहेको बताएका छन् । महामारी रोक्नका लागि सक्दो प्रयास गरिरहेको तर पनि नियन्त्रणमा आउन नसकेको उनीहरुको भनाई छ । अहिलेसम्म हैजाका कारण १३ सय भन्दा धेरैको ज्यान गएको छ । त्यसमा एक चौथाइ बालबालिका छन् । हैजाका कारण ज्यान गुमाउनेको संख्या बढ्न सक्ने चेतावनी दिइएको छ । द्वन्द्वग्रस्त यमनमा दुई महिनाको बिचमा हैजा पूरै देशमा फैलिएको छ । हरेक दिन पाँच हजार हैजाका नयाँ बिरामी भेटिने गरेका छन् । सन् २०१५ देखि सरकारी सेना र हुथी बिद्रोहीबिच भएको द्वन्द्वका कारण खानेपानी र सरसफाईको अवस्था पतनको स्थितिमा पुगेको छ । द्वन्द्व समाधान गरी हैजाको महामारीमा रहेका मानिसको जीवन रक्षाका लागि एकीकृत प्रयासको खाँचो रहेको राष्ट्रसंघले जनाएको छ ।



यसमा तपाईको मत