• :
  • :
    • On Air
    • Mithilanchal Vishesh
    • Up Next
    • Mithilanchal News

समाचार

भारतको बिहारमा चट्याङ्ग लागेर २६ जनाको ज्यान गयो

 
अषाढ २६ गते।
भारतको बिहारमा चट्याङ लागेर २६ जनाको ज्यान गएको छ । बिहारका सरकारी अधिकारीका अनुसार झरीसँगै परेको चट्याङ लागेर आइतबार राति १० बजेसम्ममा २६  जनाको ज्यान गएको हो । चट्याङ लागेर ज्यान गुमाउनेमा बिहारको रोहतास जिल्लाका धेरै छन् । त्यहाँ चट्याङ लागेर पाँचजनाको ज्यान गएको छ । यस्तै पटनामा पनि चारजनाको ज्यान गएको छ । ज्यान गुमाएकाका परिवारलाई स्थानी प्रशासनले चार लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । भारतीय मौसम विभागका अनुसार बिहारमा आइतबार ठूलो पानी परेको थियो ।  सोमबार पनि त्यहाँ ठूलो वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।   


यसमा तपाईको मत