• :
  • :
    • On Air
    • Pithiya Thok
    • Up Next
    • MASTI KE PATHSALA

समाचार

महिला प्रतिबन्धित आइल्याण्ड विश्वसम्पदा सूचिमा

महिला प्रतिबन्धित आइल्याण्ड विश्वसम्पदा सूचिमा

अषाढ २६ गते ।

जापानको ओकिनोशिमा आइल्याण्ड विश्वसम्पदा सूचिमा सूचिकृत भएको छ । ओकिनोशिमा आइल्याण्ड जापानको प्राचिन तथा धार्मिक केन्द्र हो । यहाँ महिला जान पाउँदैनन् । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोले महिलालाई जान प्रतिबन्ध लागाइएको ओकिनोशिमा आइल्याण्डलाई विश्वसम्पदा सूचिमा राख्ने निर्णय गरेको हो । ओकिनोशिमामा १७ औं शताब्दीमा समुद्र यात्रीको सुरक्षाको कामना गर्न बनाइएको ओकिट्सु तिर्थस्थल छ । यो आइल्याण्डमा प्रवेश गर्नुपूर्व पुरुषले आफ्नो लुगा फुकाल्नु पर्छ र शरीर शुद्ध गर्नु पर्छ । यस्तै फर्किने बेलामा कुनै स्मृति चिन्ह बनाउन वा ल्याउन पाइँदैन भने त्यहाँको बारेमा अरुलाई भन्न पनि नहुने नियम रहिआएको छ । यो आइल्याण्डमा हरेक वर्ष दुई सयजनालाई मात्र भ्रमणको स्वीकृति दिने गरिएको छ । 



यसमा तपाईको मत